Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

बराल मुद्धा : ठगिएको भनिएका ठाकुरले भने म ठगिएको छैन ।

कपिलवस्तु, मंसिर १०

केहि समय अघि छोरीको नागरिकता सिफारिशका विषयमा कपिलवस्तुको वाणगंगा नगरपालिकाका प्रमुख र वडा नं. ७ का वडाअध्यक्ष विष्णु गिरीलाई विपक्षी बनाई उच्च अदालत वुटवलको तुल्सिपुर ईजलासमा मुद्धा दिएका सुर्य प्रसाद बराल माथि अहिले ठगी मुद्धा अभियोग लागेको छ । बरालले कपिलवस्तुको बुद्धभुमी न.पा. २ बस्ने दिलिप कुमार ठाकुर लगायतले गत असोज २८ गते बराल विरुद्ध दायर गरेको मुद्धा हाल सुनुवाई हुँदा उक्त न्यायलयबाट आदेश म्याद जारी भएको हो । काठमांडौ न्यायलयबाट जिल्ला अदालत कपिलवस्तु हुँदै वाणगंगा ७ को वडा कार्यालयमा आएको पत्र अनुसार बराल उपर दायर गरेको बादी नेपाल सरकार भएको बैदेशिक रोजगार सम्बन्धि ठगी कसुर मुद्धामा बैदेशिक रोजगार ऐन, २०६४ को दफा (१०) र (४३) बमोजिम अभियोग पत्र दर्ता अनुसार उनलाई काठमांडौ मुद्धा दर्ता नं. उत–००८४ हुँदै जिल्ला अदालत कपिलवस्तु दर्ता नं. ३० मार्फत जारी आदेश अनुसार बराललाई अड्डा खुलेको समयमा ७ दिन भित्र आफै न्यायलयमा उपस्थित हुन अदालतले समाव्हान म्याद तोकेको छ । तर यता बराल विरुद्ध मुद्धा दर्ता गराएका दिलिप कुमार ठाकुर परिवारले भने आफूहरुको विषयमा अहिले कुनै लेनदेनको विषय नभएको बताएका छन् ।
दिलिप कुमारका दाजु विजय ठाकुर सुर्य बरालको सम्पर्क माध्यमबाट कतारका लागि रोजगारीमा गएका थिए । उनी सँगै अन्य तीन जना युवाहरु पनि कतारका लागि सँगै गएको ठाकुरले बताए । कतारमै बस्ने आर सी भन्ने राम चन्द्र पौडेलको जिम्मामा आफूहरु वैदेशिक रोजागारीका लागि कतार गएको पनि उनको भनाई छ । उनले आफूहरुले भने जस्तो तलब नपाएको सुनाउँदै २ हजार देखि २५ सय तलब भनी गएको तर सो तलब नपाएको र भने जस्तो नभए पछि नेपाल फर्किएको बताए । उनले विदेश जाँदा ७ सय प्लस २ सय भनिएको तर सो तलब आफूले नपाएको पनि सुनाए ।
यता बराल सँग उनले आफ्नो लागत रकम स्वरुप २ लाख ५० हजार लिएको पनि बताएका छन् । ठाकुरले वैदेशिक रोजगार विभागमा पुगेर आफूले पैसा पुरै पाएको भनि निवेदन दर्ता गराएको पनि जानकारी दिएका छन् । त्यस्तै सूर्य बराले पनि विजय ठाकुरलाई आफूले भृकुर्टी डभलप्मेन्ट बैँक मार्फत भदौ २७ गते रकम फिर्ता गराएको बताएका छन् । न्यालयले पत्र पठाए पनि विषय त्यस्तो नभएको उनले बताएका छन् ।
बरालकै सम्पर्कबाट वैदेशिक रोजगारीका लागि कतार पुगेका दिलिप कुमार ठाकुरका दाजु विजय ठाकुरले आफूले २ लाख ३० हजार रकम तिरेर गएको र कतार पुगे पछि भने जस्तो काम नपाउँदा आफूले भाई दिलिपकुमार ठाकुरको नामबाट मुद्धा दर्ता गराएको बताएका छन् । हाल आफूहरु विचमा कुनै लेनदेन र विवाद नभएको पनि उनले बताएका छन् ।
उता बैदेशिक रोजगार न्यायाधिकरण काठमांडौबाट जारी आदेश अनुसार पहिले वाणगंगा ७ हाल रुपन्देहीको सैनामैना ११ भचना बस्ने बराललाई ठगी कसुर मुद्धामा एक हप्ता भित्र काठमांडौ उपस्थित हुन अदालतले समय दिएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...