उपचुनावको लागि आज रातिदेखि मौन अवधि सुरु ।। राजनीतिक दलहरु अन्तिम दौडधुपमा

वाणगंगा अनलाईन मंसिर ११

यहि मंसिर १४ गते हुन लागेको उपचुनावको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ। प्रमुख दलका शीर्ष नेताहरू परिणाम आफ्नो पक्षमा पार्न अन्तिम दौडधुपमा छन्।

कास्की–२ को प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा र स्थानीय तहका गरी ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदै छ।
दाङमा प्रदेशशभा सदस्यका लागि दाङ निर्वाचन क्षेत्र नम्बर ३ ख र वडा अध्यक्षका लागि घोराही उपमहानर पालिका वडा नम्बर १६ मा उपचुनाव हुन लागेको छ ।

निर्वाचन आयोगका अनुसार स्थानीय तहअन्र्तगत उपमहानगर प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ पदका लागि पनि उपनिर्वाचन हुँदै छ ।

उपननिर्वाचनमा १ सय १ दलले भाग लिँदै छन्। प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा ९५ दल र स्थानीय तहमा ७८ दलले भाग लिएका छन्। ०७४ को निर्वाचनपछि थपिएका १६ हजार २ सय १९ मतदाताले उपनिर्वाचनमा मतदान गर्न पाउनेछन् ।

आयोगका अनुसार उपनिर्वाचनमा मतदाताको संख्या ४ लाख ५४ हजार १ सय १४ छ। मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन्। शीर्ष नेताहरू चुनावी दौडधुपमा सक्रिय भए पनि यसपटक आचारसंहिता उल्लंघनका उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ।

आयोग प्रवक्ता नरेन्द्र दाहाल स्थानीय तहमा राजनीतिक दलका नेतासमेत राखेर आचारसंहिता अनुगमन समिति बनाइएकाले पनि आचारसंहिता उल्लंघनका घटनामा कमी आएको बताउनुभयो ।
उपनिर्वाचनलाई दुई तिहाइको नेकपा सरकारले जनभावना बुभ्mन र विपक्षी कांग्रेसले जनता मन फर्केको वा नफर्केको बुझ्न खोजेको छ। वडाअध्यक्ष तहसम्मको चुनावलाई प्रभाव पार्न प्रमुख दलका वरिष्ठ नेताहरु नै खटिएका छन्।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...