जिल्लाको सत्यवती गाउँपालिकामा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ दुर्घटनामा अन्य ४ जना घाइते भएको छन् ।
सत्यवती गाउँपालिका वडा नम्बर ३ स्थित ठुलो लुम्पेकको बुटिसगैरामा रिडीबाट ठुलो लुम्पेक जाँदै गरेको लु १ ज २७८४ नम्बरको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा सत्यवती गाउँपालिका ३ सिङदीका ६८ वर्षीय ललितादेवी सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताए ।
दुर्घटनामा परि सत्यवती ३ का २२ वर्षीय राजन राहडी, २२ वर्षीय देवबहादुर बिक, ७ वर्षीय वीरेन्द्र सिंजाली र २३ वर्षीय अनिल बिक घाइते भएका छन् । घाइते चारै जनाको उद्धार गरेर पाल्पा पठाइएको प्रहरीले जनाएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।