अर्घाखाँचीको नरपानीमा बस दुर्घटना, ८ जनाको ज्यान गायो, मृतकको संख्या अझै बढ्न सक्ने

वाणगंगा अनलाईन मंसिर ११ अर्घाखाँची

अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा पनि ८ जनाको ज्यान गएको छ । यात्रुवाहक बस आज दिउसो करिब ४ बजे दुर्घटना हुँदा कम्तीमा ८ जनाको घटनास्थलमै ज्यान गएको हो । बुटवलबाट अर्घाखाँचीका लागि जाँदै गरेको २१४८ नम्बर यात्रु बस नरपानी र घुम्तीको बीच भागमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यात्रुले भरिएको बस सडकबाट तल खोँचमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । सडकबाट झण्डै २ सय मिटर तल खसको बसबाट घाईतेहरुको उद्धार सँगै मृतकको शव निकाल्ने काम भईरहेको ईलका प्रहरी चौकी नरपानीका प्रमूख सूर्य पन्थीले बताउनुभयो । दुर्घटनामा परको बस अफ्ठेरो स्थामा रहेको हुँदा मृतकको संख्या अझै यकिन हुन नसकेको बताइएको छ । हाल सम्म सो दुर्घटनामा परि करिब सात महिनाको बालक सहित ८ जनाको ज्यान गएको छ । एक जना महिलाको पनि मृत्यु भएको छ भने अन्य तीन जना पुरुषको शव समेत सडकमा निकालिएको पन्थीले जानकारी दिनुभयो । अहिले पनि यात्रुहरुको खोजीकार्य जारी रहेको हुँदा मृतको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।

बस दुर्घटना भए सँगै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ। घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्सपेक्टर सुरज सुवेदीले बस दुर्घटनापछि कम्तीमा ८ जनाको शव भेटिएको जानकारी दिए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...