Archives


अर्घाखाँचीमा बस दुर्घटना मृतकको संख्या १९ पुग्यो, ११ जनाको सनाखत

वाणगंगा अनलाईन  मंसिर १२

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधवार दिउँसो बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृत्यु भएकाहरुमध्ये अहिलेसम्म ११ जनाको सनाखत भएको छ ।

सनाखत हुनेहरुमा कपिलवस्तु बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा, सन्धिखर्क ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँकी २२ वर्षीया माया पुरी, सोही ठाउँका ५४ वर्षीय बलराम भट्टराई, बस धनी शितगंगा नगरपालिका(२ झिर्राका ३७ वर्षीय सन्त बहादुर बस्नेत र सोही ठाउँकी २७ वर्षीया सीता बस्नेत बस्नेत छन् ।

मृत्यु भएका अन्यमा सन्धिखर्क नगरपालिका ७ की अन्दाजी ८ वर्षीया बालिका मनिका खड्का, भूमिकास्थान नगरपालिका ९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापा, सन्धिखर्क नगरपालिका १० का छबिलाल गैह्रे, गुल्मी धुर्कोट २ घर भई हाल रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत र नाम नखुलेको ५(६ महिने शिशुको पनि सोही दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अन्य ८ जना मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन। दुर्घटनामा घाइते भएका १० जनामध्ये ६ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको बुटवलको चौराहा अस्पताल, भैरहवा मेडिकल कलेज र ललितपुरको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...