Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

नेपालग्न्जलमा बस दुर्घटना हुँदा आठजना घाइते, तीनको अवस्था गम्भीर

वाणगंगा अनलाईन बाँके, मंसिर १२ 

बाँकेको नेपालग्न्जलमा बस दुर्घटना भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

उनीहरुलाई नेपालगन्जमा समान्य उपचार पछि थप उपचारका लागि भारतको लखनऊ लगिएको छ । अन्यको भने नेपालगञ्जमानै उपचार भइरहेको प्रहरीले बताएको छ।

काठमाडौंबाट नेपालगन्ज तर्फ जाँदै गरेको ना ६ ख ६२३१ नम्बरको बस गनापुरमा दुर्घटना भएको हो ।अगाडि रहेको भे ८ प ६९१६ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा ब्रेक हान्दा बस पल्टिएको जिल्ला ट्राफिक कार्यालय, कोहलपुरले जनाएको छ ।

घाइतेहरुको विवरण संकलन भइरहेको बाँके प्रहरीका प्रवक्ता डीएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...