११ औँ कपिलवस्तु महोत्सवको ७५ प्रतिशत तयारी सम्पन्न ।।

मंसिर १२ जितपुर

कपिलवस्तुको वाणगंगा नगरपालिका जितपुर स्थित बुद्ध रंगशालमा आयोजना हुने ११ औँ कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औधोगिक प्रर्दशनी मेलाको अहिले सम्म ७५ प्रतिशत काम सम्पन्न भएको छ । दिन रात नभनी काम भईरहेको भन्दै मेला आयोजक समितिका निर्देशक दिनेश क्षेत्रीले अलिहे सम्म ७५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो ।

यस वर्षको कपिलवस्तु महोत्सवको आयोजना वाणगंगा वेलफेयर सोसाईटीले आयाजना गर्दै छ । विशेष गरी कपिलवस्तु जिल्लामा रहेका युवाहरुलाई संगठित गरी उद्यमशिलता तथा स्वरोजगारको प्रवर्धन गर्न स्थापनाकाल देखि निरन्तर क्रियाशिल रहेको वेलफेयरले यस वर्ष जिल्लामा रहेका विभिन्न उद्योग व्यवसायहरुको संरक्षण तथा व्यवसायिक क्षेत्रको अर्थतन्त्रको सुदृढिकरणमा जोड दिएको निर्देशक क्षेत्रीले बताउनुभयो । दिनरात नेपाली युवाहरु विदेश पलायन भईरहको अवस्थामा यस वर्ष महोत्सवको मूल नारा नै युवा क्षमतामा अभिवृद्धि कृषि र पर्यटनमा समृद्धि भन्ने नारा राखिएको छ ।

MVI_4186

युवा उद्यमशीलता तथा व्यवसायिक क्षेत्रको प्रवर्धनको लागि यस वर्षको मेलाले उद्यमी तथा व्यवासायिहरुलाई प्रत्साहन गर्ने लक्ष्य राखिएको छ । त्यस्तै कपिलवस्तु जिल्लाका अनाथ तथा बालबालिकाहरुलाई राहत प्रदान गर्ने उद्धेश्यको कोष स्थापना गर्ने उद्धयश्य राखिएको आयोजकले जनाएको छ ।
यस ैबिच यस वर्षको महोत्सव स्थलमा २ सय व्यावसायिक स्टलहरु राखिने भएको छ भने ५० भन्दा बढी प्रर्दशन स्टलहरु राखिने बताइएको छ । यस वर्षको मेलामा करिब ५ करोड बढीको आर्थिक कारोवार हुने अपेक्षा लिएको मेला अयोजक समितिका कोषाध्यक्ष जितेन्द्र श्रेष्ठले बताउनुभयो । त्यस्तै ११ औँ कपिलवस्तु महोत्सवमा यस वर्ष ३ लाख बढी दर्शकले मेला अवलोकन गर्ने पनि अपेक्षा गरीएको छ ।
त्यस्तै यस वर्षको महोत्सवमा कृषिजन्य व्यवासाय तथा उत्पादनहरुको प्रवधन सँगै युवाहरुलाई स्वरोजगार बनाउन महोत्सव स्थलमा सिपमूलक तालिम पनि प्रदान गरीने मिडिया संयोजक गणेश पोख्रेलले जानकारी दिनु भयो । नेपालमा लाग्ने करिब ३ सय ५० बढी मेला महोत्सवहरु मध्ये पहिलो पटक कपिलवस्तु महोत्सवमा युवाहरुलाइ स्वरोजगार बनाउने उद्धेश्यले १८ देखि ३० वर्ष उमेर समूहका युवाहरुलाई पत्रकारीता,नेतृत्व विकास तालिम निशुल्क दिने उहाँले बताउनुभयो । त्यस्तै एच.एम सम्बन्धि तालिम, व्यावसायिक कृषि तालिम, बैंकिङ तालिम, व्युटिसियन तालिम पनि प्रदान गरीने अयोजकले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...