भोली हुन लागेको उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा

काठमाडौँ, १३ मङ्सिर ।

प्रतिनिधिसभा, प्रदेसभा सदस्य र स्थानीय तहको शनिबार हुने उपनिर्वाचनमा मतदाताले कुनै करणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

मतदाताले कुनै करणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएको परिचयपत्रका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदाता नामावली तथा मतदाता परिचयपत्रमा भएको मतदाताको विवरणमा सामान्य त्रृटि पाइएमा सानोतिनो भुलचुक मानी सरकारी निकायबाट तस्वीरसहित जारी भएको परिचयपत्रका आधारमा मतदान गर्न दिने प्रबन्ध मिलाउन पनि मुख्य निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकेको आयोगले जानकारी दिएको छ । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगर प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्षका लागि मुलुकका ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन हँुदैछ ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वासनीय तुल्याउन आयोगले आम मतदाता, उम्मेदवार, राजनीतिक दलसहित सरोकारवाला सबै पक्षसँग सहयोगका लागि अपिल गरेको छ ।
यसैबिच यता दाङका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार सबै मतदान केन्द्रमा मतदान सामग्रीसहित पुगेका मतदान अधिकृतले मतदानका लागि आवश्यक पर्ने केन्द्र बनाइसकेका छन् । सुरक्षा प्रबन्धका लागि जिल्लामा सर्वदलीय बैठक गरिएको छ । बैठकले मतदान केन्द्र आसपासमा राखिएका प्रचार सामग्री हटाउने सहमति गरेको छ । दाङ निर्वाचन क्षेत्र नं ३ को (ख) मा ३२ मतदानस्थल र ७७ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि हुन लागेको उपनिर्वाचनका लागि तयारी पूरा भएको छ । निर्वाचन आयोगले सबै मतदान केन्द्रमा खटिएका कर्र्मचारी पुगिसकेको र मतपत्र, मतपेटिका लगायत आवश्यक सामग्री पठाइसकिएको जनाएको छ । कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा कर्मचारी परिचालन गरिएको अयोगले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...