खेलाडि उत्पादनमा नगरले आवश्यक बजेट लगानी गर्छ : नगर प्रमूख अधिकारी 

मंसिर १३ कपिलवस्तु

अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर १४ मा शुक्रबार अर्थात आज देखि पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । सितगंगा नगरपालिका वडा नम्बर १४ को अयोजना तथा पावरा युवा क्लबको सह अयोजनामा सुरु भएको हो ।
कार्यक्रमको समुद्घाटन गर्दै नगर प्रमुख अधिकारीले खेलको माध्यमबाट मानिसको शारिरीक व्याम हुनु मात्रै नभएर खेलकुदका माध्यमबाट देश चिनाउने पनि उदाहरण रहेको बताउदै नगरले उकृष्ट खेलाडि उत्पादनमा नगरले आवश्यक बजेट बिनियोजन गर्दै दक्ष्य खेलाखडि उत्पादनमा नगरले लगानी गर्ने बताउनु भयो ।
भलिवल प्रतियोगिताको आज नगर प्रमुख सूर्य प्रसाद अधिकारीको प्रमुख आतिथ्यता उप प्रमुख टिका रेश्मीको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रमको संयुक्त उद्घाटन गर्नु भएको थियो । साबिको सिमलपानी गाबिस अन्र्तगतका ११ टिमको प्रतियोगितामा सहभागिता रहेको वडा अध्यक्ष दामोदर न्यौपानेले जानकारी दिनु भएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद १५ हाजर सहित सिल्ड मेडल सहित प्रमाणपत्र पुरस्कार पाउने छ भने उपविजेता समूहले नगद १० हजार सहित सिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्ने छ । त्यस्तै तेस्रो हुनेले ५ हाजार र सान्त्वना पुरस्कार नगद तीन हाजर रहेको अयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्ध्घाटन कार्यक्रममा नगरभित्रका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, वडा समितिका पदाधिकारी तथा विभिन्न युवा क्लबका युवाहरुको सहभगिता रहेको थियो । प्रतियोगिताको फाइनल भिडन्त भोली शनिबार हुने भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...