Archives


आज उपनिर्वाचन , ३७ जिल्लाका ५२ पदमा मतदान सुरु ।। कपिलवस्तुको शिवराज १० मा पनि मतदान सुरु भयो ।

मंसिर १४, कपिलवस्तु

प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदमा आज उपनिर्वाचन हुँदै छ। त्यसका लागि ३७ जिल्लाका २ सय ४७ मतदानस्थलमा ५ सय ३७ मतदानकेन्द्र राखिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार अहिले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका समय तोकिएको छ। मतदाता परिचयपत्र लिन नपाएकाले पनि नागरिकता, सवारीचालक अनुमतिपत्र, राहदानी वा राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरिएको छ। उपनिर्वाचनका लागि सुरक्षाको भरपर्दो प्रबन्ध मिलाएकाले ढुक्क र निर्धक्क भएर मतदान गर्न आयोगले मतदातालाई आह्वान गरेको छ। प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन सबै मतदान अधिकृतलाई निर्देशन दिएको बताएका छन् । उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकिएका छन्। जसमध्ये प्रतिनिधि सभातर्पm ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यतर्फ ७८ मतदान स्थल र १७४ मतदान केन्द्र तथा स्थानीय तहतर्पm १३७ मतदान स्थल र २८१ मतदान केन्द्र तोकिएको छ ।
यसैबिच यता कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० लालपुरमा हुने उप निर्वाचन का लागि मतदानको तयारी पुरा भएको छ । अहिले बिहानको ७ बजे सँगै मतदान पनि सुरु गरिएको छ । वडा न १० को लालपुर र शितलापुर गरी दुई आधारभुत विद्यालयलाई मतदान स्थल तोकिएको छ भने मतदान केन्द्र तिन वटा निर्धारण गरिएको छ । शिवराज नगरपालिका वडा न १० मा २ हजार ७२ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यलय कपिलवस्तुले जनाएको छ । शितलापुरमा ९०४ ,लालपुरमा १ हजार १ सय ६८ मतदाता रहेका छन । उपनिर्वाचनका लागि ३ जना मतदान अधिकृत, ३ जना सहायक मतदान अधिकृत ६ जना साहयक कर्मचारी, ३ जना सहयोगी गरी १५ जना कर्मचारी खटाईएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख अयोध्य प्रसाद भण्डारीले जानकारी दिनुभएको छ । बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म मतदान हुनेछ । मतदान पश्चात मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय बलेटक्सारमा संकलन गरीने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठको संयोजक्त्वमा सुरक्षा व्यवस्था गरिएको छ । मतदातालाई ठुक्क भएर मतदान गर्न जिल्ला निर्वाचन कार्यलय अपिल समेत गरेको छ । सुरक्षा लागि नेपाल प्रहरी, शसस्त्र,अनुसनधान र नेपाली सेना खटिएका छन् । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ढुक्क भएर मतदानमा प्रक्रियामा सहभागी हुन मतदातालाई आग्रह गर्नुभएको छ । निर्वाचनलाई शान्तिपूर्ण भय रहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी पुरा भएको जानकारी दिनुभएको छ । निर्वाचन प्रयोजनका लागि पास उपलब्ध गराइएका सवारी सधान बाहेक अन्यलाई निर्वाचनको अबधीभर चलाउन नपाइने सुरक्षा अधिकारीको भनाई छ । वडा न १० क्षेत्रको चारै तर्फ सुरक्षाकर्मीलाई खटाइएको छ । मतगणना सनिवार वाटै हुन सक्ने सम्भावना रहेको निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन कार्यलय चन्द्रौटा परिसरमा मतगणना गरिने निर्वाचन अधिकारी भण्डारीले जानकारी दिनुभएको छ । वडा अध्यक्ष शकुन्तला भारतीको निधन भएका कारण उक्त वडामा अध्यक्ष पदको लागी निर्वाचन हुन लागेको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...