सामाजिक कार्यमा जट्दै गन्धर्व समुदाय

रामबहादुर गन्धर्व कपिलवस्तु, मंसिर १४

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ६ गणेशपुर टोेलका गन्धर्व समुदाय आफm्नो क्षेत्रको सामाजिक विकासमा जुटेका छन् । २०७६ सालको देउँसी भैलो कार्यक्रमबाट संकलित रकम सामाजिक क्षेत्रमा खर्च गर्ने उद्धेश्यले वडा नम्बर ६ स्थित लक्ष्मणघाट पुलदेखि पुर्वपट्टीको भागमा आन्तरिक पर्यटकहरु भित्राउने उद्धेश्य स्वरुप विभिन्न संरचना निर्माण गर्ने भएका छन् । सो क्षेत्रमा पर्यटक भित्राउन विभिन्न पिकनिक स्पोर्ट हाउस, खानेपानीको लागि धारा जडान, फुलबारी निर्माण लगाएतको योजना बनाईएको देउसी भैलो टोल सुधार समितिका अगुवा विनोद गन्धर्वले बताए ।

सो क्षेत्रमा शनिवार एक कार्यक्रमका बिच पिकनिक स्पोर्ट हाउसको निर्माणका लागि सिलन्यास समेत गरिएको छ । गणेशपुर निवासी ६७ वर्षिय बृद्ध समाजसेवी टेकबहादुर गन्धर्वले शिलन्यास गरेका हुन । देउँसी भैलोको कार्यक्रमबाट संकलित रकम रमाईलो र एकदिनको वनभोजमा खर्च गर्ने परिपाटी बनिरहेका बेला गन्धर्व समुदायका युवाहरुले भने सबैको वनभोज आयोजना सहित विभिन्न कार्यक्रम पनि गर्न सकिने गरी यो कार्यमा लागेको देउँसी भैलो संचालन समितिका अध्यक्ष विनोद गन्धर्वले बताएका छन् ।

सो क्षेत्रको विकास सँगै वनभोज स्थल निर्माणका लागि गन्धर्व समुदायका ति युवाहरुले १ लाख बढि रकम खर्च गर्ने योजना पनि सुनाए । हाल देउँसी कार्यक्रमबाट संकलित रकम योजनामा लगाउने र आगामी वर्षहरुमा निर्माण कार्यलाई विस्तार गर्दै जाने पनि बताए । आफैले श्रमदान गर्ने गरी योजना बनाएका गन्धर्व युवाहरु आफ्नो क्षेत्रको विकास आफैले गर्नुपर्छ भन्ने मान्यताका साथ यो योजनामा लागेका हुन ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...