Archives


सीमा अतिक्रमणका बिरुद्ध सरीक हुन विद्यार्थी नेताहरुको आह्वान

वाणगंगा अनलाईन बुटवल, मंसिर १४

राष्ट्रियता संकटमा परेको भन्दै एक पटक राष्ट्रवादी आन्दोलनमा सरिक हुन विद्यार्थी नेताहरुले आह्वन गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (छैठौं) जिल्ला समिति रुपन्देहीले सीमा अतिक्रमणको विरोधमा बुटवलमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै विद्याथी नेताहरुले राष्ट्रियता गंभिर अवस्थामा रहेको भन्दै आन्दोलनको विकल्प नरहेको बताए । शनिवार बुटवलको पुष्पलाल पार्कमा आयोजित विरोध समामा बोल्दै विद्यार्थी नेताहरुले भारतीय साम्राज्यवादी शैलीको विरोध गरे । बिरोध सभालाई सम्बोधन गर्दै अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष सरोजमान सिंहले सिक्कीमीकरणको खतरा रहेको बताए । विरोध सभालाई सम्वोधन गर्दै अखिल (छैठौं) रुपन्देहीका सचिब सागर बेलवासेले देशमा अव नयाँ प्रकारको राष्ट्रवादी आन्दोलन अवस्यक रहेको बताए । विरोध सभामा बोल्दै अखिल (छैठौं) रुपन्देहीका नेता टेकराज भुसालले भारतीय हेपाहा प्रवृतिको विरोधमा एक जुट हुर्ने बताए । उनले सरकारले समयमा कुटनीतिक रुपमा समस्याको समाधन नगरेमा आन्दोन चर्काउने चेतावनी दिए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...