ज्ञान ज्योति शिक्षा सदनको ११ औँ वार्षिक उत्सव सम्पन्न

मंसिर १४, कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ६ स्थित कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदनले शनिवार एक भव्य कार्यक्रमका बिच विद्यालयको ११ औँ वार्षिक उत्सव सम्पन्न गरको छ । सम्पन्न कार्यक्रममा दश वर्ष कार्यकाल पुरा भएका एक शिक्षक र एक शिक्षिकालाई मायाको चिनो सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सोही विद्यालयका शिक्षक चन्द्रबहादुर वि.क र शिक्षिका विन्दु खनाल रहेको विद्यालयले जनाएको छ । कार्यक्रममा विभिन्न भोषभुषा र नेपाली संस्कृति झल्कने सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । ज्ञान ज्योति शिक्षा सदनको ११ औँ उत्सवलाई सम्बोधन गर्दै पूर्व सांसद विश्राम प्रसाद थारुले छोटो समयमा विद्यालयले गरको कामहरुको प्रशंसा गर्दै आगमी दिनमा पनि अझ उल्लेख्य गुणस्तरिय शिक्षा प्रदानमा केन्द्रित हुन आग्रह गरे । त्यस्तै शिक्षक टिकाबहादुर मल्लले भौतिक पूर्वाधार मात्र शिक्षाको गुणस्तर नभई सर्वपक्षिय मेहेनत र परिश्रमले शैक्षिक गुणस्तरियतामा बृद्धि हुने बताए । त्यस्तै कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष सुकदेव थारु, झण्डा माविका शिक्षक खेमराज भट्टराई, लगाएतले आफ्ना भनाई सहित शैक्षिक सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता, पूर्व संविधान सभा सदस्य विश्राम प्रसाद थारुको प्रमूख आतिथ्यता रहेको थियो । त्यस्तै वडा अध्यक्ष थारुको विशिष्ठ आतिथ्यता सहित वागेश्वरी सामुदायिक वनका अध्यक्ष कल्लु थारु, विभिन्न सामाजिक क्षेत्रका अगुवाहरु लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षिका रितादेवी अर्यालको स्वागत, एवम् शिक्षक चन्द्रबहादुर वि.क को संचालनमा सम्पन्न भएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...