प्रदेश पाँचका सबै क्षेत्रमा उत्साहजनक रुपमा उपनिर्वाचन सम्पन्न ।। कहाँ कहाँ कसरी भयो उपचुनाव – तस्बिर सहित

कपिलवस्तु, १४ मङ्सिर ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० लालपुरमा आज वडा अधयक्ष छनौठका लागि मतदान भएको छ । आज बिहान ७ बजे देखि सुरु भएको मतदान साँझ ५ बजे सँगै सम्पन्न भएको हो । वडा नम्बर १० का दुई स्थान लालपुर र शितलापुर आधारभुत विद्यालयलाई मतदान स्थल तोकिएको थियो । तीन वटा मतदान केन्द्रमा मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । सवै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख अयोध्य प्रसाद भण्डारीले जानकारी दिए । शिवराज नगरपालिका वडा नं १० को लालपुर मतदान केन्द्रको कुल मत १ हजार १ स ६८ मध्ये मतदान केन्द्र क मा ४ सय ७० मत खसेको छ भने सोहि केन्द्रको ख मा ४ सय ९५ मतदान भएको छ । त्यस्तै उता शितलापुर केन्द्रमा ७ सय ५७ मत खसेको निर्वाचन अधिकारी भण्डारीले जानकारी दिनुभयो । वडा नम्बर १० को उपचुनावमा कुल १ हजार ७ सय २२ मत खसको छ । यो सँगै कपिलवस्तुको शिवराजमा भएको उपचुनावमा वडा अधयक्ष छनौठका लागि ८३.१० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयको भनाई छ । अपेक्षा भन्दा बढि मतदान भएको जिल्ला निर्वाचन अधिकारी भण्डारीले बताए । यसैबिच शिवराजमा भएको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । आज देखि नै मतगणना हुने पनि बताइएको छ ।


यसैबिच उता गुल्मीको रूरूक्षेत्र गाँउपालिका वडा नम्बर ६ रिमुवामा वडाध्यक्ष पदको लागि भएको निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ । कुल मतदाता २०४८ मध्ये एक हजार २५० मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै नवलपुरको बौदीकाली गाउँपालिका वडा नम्बर ५ मा वडा अध्यक्षका लागि शनिबार भएको उप निर्वाचन शान्ति पुर्ण रुपमा सम्पन्न भएको छ । बौदीकाली ५ स्थित उदय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो । शनिबार बौंदीकाली वडा नं. ५ को अध्यक्ष पदका लागी भएको निर्वाचनमा ६१५ मत खसेको छ । निर्वाचन कार्यालयका अनुसार आजै मतगणना शुरु हुनेछ । आबश्यक प्रक्रिया सकिएपछि मतगणना शुरु हुने जनाएको छ ।


यता अर्घाखाँचीको मालारानी गाँउपालीका ३ मा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । वडा अध्यक्ष पदको लागि आज भएको उपनिर्वाचनमा कुल ३ हजार ११ मतदाता संख्यामा २ हजार २ सय २५ मत खसेको छ । मतदाताको अनुपातमा ७३.८९ प्रतिशत मत खसेको हो । आदर्श माबि खनदह मतदान (क) केन्द्रमा २ सय ८६ पुरूस,३ सय ३७ महिला गरि ६ सय २३ (ख) केन्द्रमा २ सय ४ पुरूष,३ सय ४२ महिला गरि ५ सय ४६ गरि कुल ११ सय ६९ मत खसेको छ । जसको अनुपातमा ७२.१६ प्रतिशत मत खसेको हो। यसै गरि सुन्दरा आधारभुत बिधालय सावडाँडाको (क) केन्द्रमा २ सय ७४ पुरूष,२ सय ६१ महिला गरि ५ सय ३६ (ख) केन्द्रमा २ सय ३७ पुरूष,२ सय ८४ महिला गरि ५ सय २१ गरि कुल १ हजार ५६ मत खसेको थियो । जसको कुल मतदाताको अनुपातमा ७५.९१ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखी बेलुकी ५ बजे सम्म मतदान कार्य निकै शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जानकारी दिए।
जिल्ला निर्वाचन कार्यालय अधिकृत लाल प्रसाद भुसाल शर्माका अनुसार तत्काल सर्बपक्षिय बैठक बसेर मतगणना कार्य सुरू गरिने बताए । वडाध्यक्ष जीवन कुमार चौवानको ०७४ साल पौष १३ गते ५६ बर्षको उमेरमा रूपन्देहीको रानीबगीयाँमा मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएपछि रिक्त रहेको वडा अध्यक्षको पदपुर्ति गर्न उपनिर्वाचन भएको हो।


त्यस्तै प्रदेश पाँचको सर्वाधिक चासोँको क्षेत्रको रुपमा रहेको दाङमा ६६ दशमलव ५२ प्रतिशत मत खसेको छ । दाङ क्षेत्रनम्वर ३ ख प्रदेश सभा सदस्य र घोराही उपमहानगरपालिका वडानम्वर १६ को वडाध्यक्षका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा ६६ दशमलव ५२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । मतदानमा जनताहरुको उत्साह थपिएको पाइएको कार्यालयका प्रवक्ता गेहेन्द्रबहादुर कुवरले जानकारी दिनुभयो । ७३ हजार १ सय ७२ मतदाता रहेको दाङमा ४८ हजार ९ सय ५५ मत खसेको प्रवक्ता कुवरले जानकारी दिनुभयो । दाङ क्षेत्रनम्वर ३ ख मा ६८ हजार ७ सय १९ मतदाता रहेको भन्दै कुवरले ४५ हजार ७ सय १८ मत खसेको जानकारी दिनुभयो ।
उता तीन तहका रिक्त ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको छ। शनिबारको उपनिर्वाचनका क्रममा केही स्थानमा बम विष्फोटका छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपले मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। मतदानको पूर्ण्विवरण आउन बाँकी रहे पनि अधिकांश स्थानमा करिब ७० प्रतिशत मतदान भएको आयोगले जनाएको छ। बिहान सात बजेबाट सुरु भएको मतदान अहिले अपरान्ह पाँच बजे सम्पन्न भएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...