शिवराजमा राजपाका मिश्रको बाजी । अरु सबै निराश

वाणगंगा अनलाईन मंसिर १५ कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० लालपुरमा हिजो सम्पन्न वडा अध्यक्ष पदको उपनिर्वाच्नमा राजपा नेपालका उमेद्धार मन्जु मिश्र विजयी हुनुभएको छ । मिश्रले ८ सय ६८ मत सहित विजयी हुनुभएको निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले जानकारी दिनुभएको छ । हिजो साँझ देखि नै मतगणना सुरु गरिएको थियो । सो परिणाम राति नै सार्वजनिक गरिएको हो । कपिलवस्तुको शिवराजमा भएको उपचुनावमा वडा अधयक्ष छनौठका लागि ८३.१० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयको भनाई छ ।नेपाली काग्रेसका देब भारतीले ४ सय ६५ मत प्राप्त गरे । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अदालत मनिहारले १ सय ४७, समाजवादी पार्टी नेपालका तीर्थबहादुर रायमाझीले १ सय ७५, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दीले २८ र राप्रपाबाट बलभद्र मिश्रले ११ मत प्राप्त गरे । २१ मत बदर भएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा वडाध्यक्ष बनेकी शकुन्तला भारतीको आकस्मिक निधन भएपछि रिक्त रहेको पदमा अहिले उपनिर्वाचन भएको हो। वडाध्यक्ष पदका लागि भएको उक्त निर्वाचनमा ७ राजनितिक दल र ५ स्वतन्त्र उम्मेदवार गरी १२ जनाले उम्मेदवारी दिएका थिए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...