निस्शुल्क एचआईभी टेस्टटिङ र काउन्सिलिङ कार्यक्रम सम्पन्न

मंसिर १६ 

३२ औँ विश्व एड्स दिवसका अवसरमा ‘एचआईभी नियन्त्रणमा समुदायको प्रभावकारी भुमिका’ भन्ने मुल नाराका साथ गुल्मी जिल्ला अस्पताल तम्घासमा एक दिने निस्शुल्क एचआईभी टेस्टटिङ र काउन्सिलिङ कार्यक्रम सम्पन्न भएको छ ।

जसमा २२ जना सहभागीले जाँच गराएका छन् । साथै अस्पतालका स्टाफहरु बिच विश्व एड्स दिवसको अन्तरक्रिया गरि गुल्मी जिल्लाको संक्रमणको बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा एचआईभी एड्सको तथ्यांकमाथि गुल्मी अस्पताल तम्घासका एआरटि काउन्सिलर पुष्कर घिमिरेले प्रकाश पारेका थिए ।

गुल्मीमा २९० जना एचआईभी संक्रमित छन् । जसमा १७५ जनाले सरकारले स्थापना गरेका ‘एआरटी’ सेवा केन्द्रबाट औषधि सेवन गरिरहेका छन । जसमा १५७ जना बयस्क र १८ जना बालबालिका रहेका छ्न । जिल्लाको तथ्यांक हेर्दा सबै भन्दा धेरै बिरामी सत्यबती गाउँपालिकाका रहेका छन् । एचआईभी नियन्त्रणमा समुदायको पनि प्रभाबकारी र महत्त्वपूर्ण भुमिका रहन्छ ।

“यसको सङ्क्रमण हुँदा मान्छे मरिहाल्छ भन्ने गलत अपवाह छ”, “औषधिको नियमित सेवन र स्वास्थ्यसेवा लिँदा केही पनि हुदैन ।” पछिल्लो समय सङ्क्रमित खुलेर स्वास्थ्य संस्थामा आएर सेवा लिन थालेका छन् ।

बिरामीहरु अन्य अबसरबादी रोगहरुको कारणबाट मर्ने गरेको पाइएको छ साथै बिरामी समाजमा हुने लाल्छन्ना र भेदभाबको कारणबाट मर्ने गरेका छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...