Archives


९ औँ डान्स आईडललाई १ लाख ११ हजार १ सय ११

वाणगंगा अनलाईन कपिलवस्तु १७ मसिर ।

९ औँ कपिलवस्तु डान्स आईडलको अन्तिम चरणको अडिसन सोमवार सम्पन्न भएको छ । अडिसनबाट १५ जना छनौट भएका छन् । छनौट १५ जना मध्य १८ गते १ जना बेस्ट डान्सर छनौट गरिने अडिसनका निर्णायक हरि शरण रिजालले जानकारी दिनुभएको छ ।

रिजालका अनुसार छनौट भएको १ जनाले टप टेन अथवा टप सेभेनबाट आफनो प्रस्तुती दिनुपर्ने छ । राम्रो नृत्य भएको प्रतिभाशाली व्यक्ति भोटको कारणले आउट हुने स्थिति सृजना नहोस भन्ने उद्धेश्यले यस बर्ष आयोजकले यस्तो निर्णय गरेको हो ।

निर्णायक रिजालले वाणगंगा अनलाईनसगं कुराकानी गर्दै भन्नुभयो , १८ गतेको अडिसनमा लापरबाहि गरेको पाईएमा छनौट भएका मध्येबाट आउट गरि आजको राउण्डमा बाहिरिएका मध्यलाई अवसर दिनेछौ । स्टेज चढ्न पाईन्छ भनेर लापरबाहि गरे अझै पनी बाहिरी सम्भावना छ , त्यसैले तयारीमा कुनै कमि नछोड्नुहोस् । ९ औँ डान्स आईडललाई १ लाख ११ हजार १ सय ११ , फस्ट रनर अफलाई ६६ हजार ६ सय ६६ , सेकेन्ड रनर अफलाई ४४ हजार ४ सय ४४ , थड रनर अफलाई २२ हजार २ सय २२ राशिको पुरस्कार रहेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...