वाणगंगा ७ मा निशुल्क आखाँ शिविर

कपिलवस्तु मंसिर १७ बसन्ता भुसाल

कपिलवस्तुको वाणगंगा नगपालिका वडा नम्बर ७ बनगाईमा आज एक दिने निशुल्क आँखा शिविर सम्पन्न गरिएको छ । वडा नम्बर ७ को अयोजना तथा नेपाल नेत्र ज्योति संघ बुटवल लायन्स आँखा अस्पताल र रणअम्बिका भैरहवाको प्राविधिक सहयोगमा अयोजना गरिएको निशुल्क आखाँ जाँच शिविर मार्फत आखाँँका बिरामीहरुको निशुल्क जाँच सँगै औषधी दिनुको साथै निशुल्क शल्यक्रिया पनि गरिएको छ । शिविरमा वडाले आज वनगाई स्थित जनचेतना आधारभूत विद्यालयमा शिविर संचालन गरको थियो । वडा अध्यक्ष विष्णु गिरीले वाणगंगा नगरपालिका वडा नंम्बर ७ लगाएत छिमेकी वडाका गरिब,विपन्न तथा स्वास्थ्य सेवाको पहँुचमा पुग्न नसकेका आँखाका विरामीहरुको आखाँ जाँच गराउने उद्देश्यले शिविरको आयोजना गरीएको बताउनुभयो । शिविरमा वडा नं ७ का स्थानीय जनप्रतिनिधीहरु,वडा सचिव कृष्ण प्रसाद खनाल, तथा विभिन्न टोलविकास संस्थाका अध्यक्षहरुको सहयोग र उपस्थिति रहेको थियो । शिविरमा ३ सय ६५ जना बिरामीहरुले आँखाको जाँच गराएका छन् । जस मध्ये ५१ जनामा मोतिया विन्दुको समस्या देखिएको छ । आँखा शिविर अत्यन्तै प्रभावकारी भएको वडा अध्यक्ष गिरीले बताउनु भयो । शिविरमा नेपाल नेत्र ज्योति संघ रणअम्बिका आखाँ अस्पताल भैरहवाका संयोजक अधिवक्ता बाबु नेपाल लगाएत अन्य ७ जना आँखा रोग विशेषज्ञ चिकित्सकहरुले सेवा दिनुभएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...