Archives


वडा नम्बर ११ मा किशोरीहरुलाई स्वास्थ्य मैत्री कार्यक्रम

वाणगंगा अनलाईन मंसिर १७ कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ११ ले आज आफ्नो वडामा रहेको एक विद्यालयका किशोरीहरुका लागि सेनेटरी प्याड वितरण गरको छ । वडा नम्बर ११ स्थित हेमराज उच्च माविका छात्राहरुलाई १ हजार ६ सय थान सेनेटरी प्याड वितरण गरिएको वडा अध्यक्ष सोमनाथ अर्यालले बताउनुभयो । वडा अध्यक्ष अर्यालले प्याड वितरण सगै किशोरीहरुमा हुने महिनावारी सामान्य प्राकृतिक लक्षण भएका कारण महिनावारीलाई मानव स्वास्थ्यको एक प्रक्रिया सँग जोडेर शारिरिक सरसफाईमा ध्यान दिने सके कुनै पनि संक्रमणको खतरा नहुने बताउनुभयो । त्यस्तै उहाँले आगामी समयमा वडाले अन्य विद्यालयका छात्राहरुका लागि पनि यो कार्यक्रम संचालन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
वडा अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षता रहेको वितरण कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेल, स्वास्थ्य अधिकृत भक्तिराम पाण्डे, हेमराज उच्च माविका प्राचार्य तुल्सिराम यादाव सहित वडा नम्बर ११ का वडा सदस्यहरु विद्यालयका महिला शिक्षिकाहरु , अध्ययनरत किशोरीहरुको सहभागिता थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...