अनेरास्ववियू लुम्वीनि वाणिज्य क्याम्पसले हस्ताक्षर अभियान सन्चालन गरेको छ ।
नेकपाको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी सङ्गठनले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भुमि कालापानी, लिपुलेक, लिम्पियाधुराको पक्षमा जनदबाबका लागि भारत सरकार विरुद्ध हस्ताक्षर अभियान कार्यक्रम लुम्वीनि वाणिज्य क्याम्पसमा सम्पन्न गरेको छ ।
भारतको बिस्तारवादी रवैयाको विरुद्ध आज अनेरास्वियुले बिरोध जनाउदै जनदबाब दिनका निम्ति देशव्यापी कार्यक्रम गरेको जनाईएको छ । हस्ताक्षर प्रत्येक क्याम्पसवाट सङ्कलन गरि अनेरास्ववियु केन्द्रले भारतिय राजदुतावासमा बुझाउनेछ ।
हस्ताक्षर कार्यक्रममा अनेरास्ववीयूका केन्द्रीय सदस्य सरोज पोखरेल, अनेरास्ववीयू रुपन्देहि जिल्ला सचिव साजन भण्डारी अनेरास्ववीयू जिल्ला कमिटि सदस्यहरु प्रकास पराजुली, दिपक चापागाई, रमेश ढकाल क्याम्पस अध्यक्ष विजय कार्की लगायतले संयुक्त रुपमा हस्ताक्षर गरि अभियान सन्चालन गरेका हुन । हस्ताक्षर अभियानमा क्याम्पसका बिद्यार्थी शिक्षक लगायतको उपस्थीति रहेको थियो ।