कपिलवस्तुको मायादेवी रंगशालामा खुल्ला नक आउट क्रिक्रेट प्रतियोगिता यहि मंसिर १६ गते देखि सरु भएको हो । वडा नं ८ को सहआयोजनामा र वडा स्तरिय युवा संजालको आयोजनामा खेल शुरु भएको हो । प्रतियोगितामा वडा भित्रका सवै टोल विकास संस्था र अन्य क्लवका गरि ९ वटा टिमको सहभागिता रहेको छ ।
खेलको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् वडा नं ८ का वडा अध्यक्ष गुणानिधि भुषालले युवाहरुको विकास र प्रोत्साहनका लागि खेलको आयोजना गरिएको बताउनु भयो । त्यस्तै संजालका अध्यक्ष दयाराम पौडेलले यस्ता खेलले युवाहरुलाई अनुशाशित र मर्यादित बनाउने भन्दै वडाको सहयोगको लागि धन्यबाद व्यक्त गर्नु भयो ।
खेलको पहिलो दिन चप्परगाउँ युवा क्लव र बोर्डगाउँ बिच भएको थियो जसमा चप्परगाउँलाई पराजित गर्दै बोडगाउँ विजयी भएको छ । माधव पौडेल म्यान अफ द म्याच घोषित भएका छन् । प्रतियोगितामा मंगलवार २ खेल संचालन हुनेछन् जस अन्र्तगतको पहिलो खेल मधुवन ए र मधुवन वि विच मङ्गलबार भएमाको खेलमा मधुवन ए र मधुवन वि विच सम्पन्न भएको थियो ।
मधुवन ए ले मधुवन वि लाई पराजित गर्दै मधुवन ए विजयी भएको थियो । १६ ओभरको खेलमा १३० रन प्रस्तुत गरेको मधुवन ए ले सो लक्ष्य पक्ष्याउने क्रमा मधुवन वि ले १६ ओभरमा १२४ रन मात्र ल्याउन सफल भएको थियो । नरेस थारु अफ दि म्याच घोषित हुनु भएको थियो ।
त्यस्तै बुधवारको खेलमा चप्परगाउँ ए र मोर्मी विच सम्पन्न भएको थियो । चप्परगाउँ ए ले र मोर्मी लाई पराजित गर्दै चप्परगाउँ ए विजयी भएको छ ।
१६ ओभरको खेलमा १५ ओभर २ बलमा अल आउट हुदै ५५ रन प्रस्तुत गरेको मोर्मीले १० ओभरमा २ विकेटको क्षेतिमा सो लक्ष्य पुरा गरेयो । छवि पौडेल अफ दि म्याच घोषित भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार नगद शिल्ड र प्रमाण पत्र, त्यसैगरि द्धितियलाई ८ हजार र तृतिय हुनेलाई ५ हजार पुरस्कार राशि रहेको बताईएको छ ।