राम आधारभूत विधालय पडरियाको ३५औ वार्षिकोत्सव सम्पन्न

बाबुराम रायमाझी, भलवाड,मंसिर १८

बाणगंगा ९ पडरियामा रहेको श्रीराम आधारभूत बिधालयको ३५औ अभिभावक भेला आÇनै विधालयको परिसरमा भव्यताकासाथ सम्पन्न गरेको छ ।सो अभिभावक भेलामा विधालयका प्रधान अध्यापक ओमलाल गिरीले बिधालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अभिभावक भेलामामा स्थापना कालदेखि बिधालयको शैक्षिक,भौतिक,आर्थिक रुपमा सहयोग गर्ने समाज व्यक्तित्व बिन्द्र बहादुर गुरुङ्ग,सञ्चारकर्मी बाबुराम रायमाझी, विधालयका प्रधान अध्यापक ओमलाल गिरी,सहायक प्र.अ. दुर्गा प्रसाद पौडेल लगायत १५जनालाई बिधालयले खाजा तथा सम्मान पत्रबाट सम्मानित गरेको थियो ।
साथै भेलमले आगामी ३ वर्षका लागि बिधालय व्यवस्थापन समितिको चयन गरेको छ ।जसमा नारायण गुरुङ्ग,चुरामणि अर्याल,सीता खडेका,नर्मदा पौडेल लगायत रहनु भएको छ भने मेनुका भुसालको संयोजकमा ९ सदस्ययी शिक्षक अभिभावक संघको चयन गरेको छ । कार्यक्रममा प्रदेश ५का माननिय साँसद तथा कार्यक्रमका प्रमुख अतिथी विस्नु पन्थीले राज्यमा संस्थागत विधालयको तुलनामा सामुदायिक विधालयको शैक्षिक गुणस्तरीय खस्केकोले सामुदायिक विधालयका शिक्षकहरुले मनन गरी शैक्षिक वातावरण र परिणाम राम्रो भएमा बिधार्थीको संख्या बढाउन आग्रह गर्दै शैक्षिक पेशा सम्मानित र चुनौती पेशा भएको कुरा बताउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा वडाध्यक्ष तथा विशिष्ट अतिथी धुर्व वेल्वासेले बिधालय शैक्षिक क्षेत्रमा नगरमा उत्कृट भई सम्मानित भएकोमा प्रसंसा गर्दै बिधालयको उत्तरोत्तर प्रगतीको चर्चा गर्नु भएको थियो ।समाजसेवी जंजीर प्रसाद थारु,सञ्चारकर्मी बाबुराम रायमाझी,सरेपानी सामुदायिक वनका अध्यक्ष गिर बहादुर गुरुङ्ग,श्रोत व्यक्ति कविराज भण्डारी लगायतले अभिभावक भेलाको सफलताको शुभ कामना दिएका थिए । कार्यक्रममा सरेपानी सामुदायिक वनले विधालय सञ्चालनका लागि २ लाख बराबरको चेक बिधालयका प्र.अ.ओमलाल गिरीलाई प्रदान गरेको थियो ।कार्यक्रम बिधालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर क्षेत्रीको अध्यक्षता तथा प्रदेश ५का माननिय साँसद विस्नु पन्थीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन विधालयका सहायक प्र.अ. दुर्गा प्रसाद पौडेलको सचालनमा सम्पन्न भएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...