रुपन्देहीमा आफ्नै छोराले गरे वृद्ध बुबाआमाको हत्या

बुटवल, २० मंसिर ।

रुपन्देहीमा छोराले वृद्ध बुवाआमाको हत्या गरेका छन् । जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुरस्थित गोरख यादवले आफ्नै घरमा धारिलो हतियार प्रहार गरि बुवाआमाको हत्या गरेका हुन्। कान्छो छोरा गोरखले आज बिहान आफ्नै घरको कोठाभित्र ७२ वर्षीय बुबा राम नारायण यादव र ७० वर्षीय आमा थगना यादवमाथी धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ ।

हतियार प्रहारपछी राम नारायणको घटनास्थलमै मृत्यु भएको थियो । आमा थगनाको युनीभर्सल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बुवाआमाको हत्या गर्ने यादवको मानसिक सन्तुलन ठिक नभएको बताईएको छ । उनलाई प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।


 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...