गहुँ छर्ने समयमा डीएपी मलको अभाव भएपछि सर्लाहीका किसान चिन्तित भएका छन् ।
धान भित्र्याएर गहुँ लगाउने तयारीमा रहेका किसान मलको अभाव खेप्न बाध्य भएका हुन् । जिल्लाका सबै क्षेत्रमा अहिले डीएपी मल पाइएको छैन् ।
गहुँ छर्न खेत खनजोत गरेर तयार पारेपनि मल नपाएका कारण गहुँ लगाउन नपाएको हरिपूर्वा नगरपालिका–२ का किसान उमेश यादव बताउँछन् ।
केही किसानले भने भारतीय मल चर्को मूल्य तिरेर खरिद गरिरहेका छन् । धान खेतीको समयमा पनि सर्लाहीका किसानले मलको अभाव भोग्नु परेको थियो ।
कृषि सामाग्री कम्पनी लिमिटेड मलङ्गवाका प्रमुख बज्रमणि लामाले जिल्लामा अहिले डीएपी मलको अभाव रहेको स्वीकार्दै क्षेत्रीय कार्यालयबाट आगामी आइतवारसम्म मल आउने र त्यसपछि सहकारी संस्थामार्फत वितरण गर्न सुरु गरिने जानकारी दिए ।
बेला–बेलामा मल आइरहेको भएपनि माग अत्यधिक भएकाले सबै किसान समक्ष पु¥याउन नसकिएको लामाको भनाई छ ।