११ औँ कपिलवस्तु महोत्सवको रौनक बढ्दै

राजेन्द्र खनाल जितपुर, मंसिर २१

गत बिहिबार देखि औपचारीक सुरु भएको ११ औँ कपिलवस्तु महोत्सवले महोत्सव स्थल मात्रै नभई यतिवेला समग्र वाणगंगा नगरपालिका तातिरहको छ । विशेष गरी एक दशक पार गरी एउटा इतिहास बनाएको कपिलवस्तु महोत्सवले ११ औँ संस्करणमा आईपुग्दा जिल्लाका व्यावसायिक प्रर्वद्धनका साथै कृषिजन्य उपजहरुको बजारीकरण र उत्पादनमा पनि टेवा पु¥याईरहेको सरोकारवालाहरुले बताएका छन् ।


युवा क्षमतामा अभिवृद्धि कृषि र पर्यटनमा संबृद्धि भन्ने नाराका साथ आयोजना गरिएको यस वर्षको महोत्सवले विदेश पलायन भएका युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउने उद्धेश्यले महोत्सव स्थलमै सिपमुलक तालिमको समेत आयोजना गरिएको आयोजकले जनाएको छ । झण्डै एक दर्जन दिन संचालन हुने यस वर्षको महोत्सवमा विभिन्न राष्ट्रिय स्तरका खयाति प्राप्त कलाकारहरुले मनोरञ्जन प्रदान गरिरहेका छन भने स्थानिय कला र संस्कृतिको बेजोड रौनक पनि थपिएको छ । महोत्सवको तेस्रो दिन आज सदाबहार पप गायक सुभम पोख्रेलको धमाकेदार प्रस्तुति रहयो । त्यस्तै नयाँ पुस्ताको तुलनामा केहि पुराना कलाकारको परिचय बनाएका रोईला गायक प्रजापति पराजुलीको गीतमा सबै रमाए भने काउली बुढीको नामले चिनिएकी सन्ध्या बुढाको प्रस्तुीले समेत अधिकाशंको ध्यान अकृष्ट गरेको थियो । आज महोत्सवको तेस्रो दिन नवौँ कपिलवस्तु डान्स आडलमा भाग लिएका रोहित बिक र आर्जु छेत्री बाहिरिएका छन् ।


सुरुवाती दिनबाटै महोत्सवले सबैको ध्यान तानिरहदाँ सोचे अुनुरुप अझ धेरै दर्शकको उपस्थिति रहने अपेक्षा लिइएको छ । यस्तै भोली राष्ट्रिय कलाकार प्रजापति पराजुली सँगै मोडल तथा गायक दुर्गेश थापाको समेत प्रस्तुती रहने मिडिया संयोजक गणेश पोख्रेलले जानकारी दिएका छन् ।
जिल्लाको प्रचार प्रसार सँगै सम्भावित क्षेत्रहरुको पहिचान र प्रर्वद्धनमा विशेष महत्व राखिराखेको यस वर्षको महोत्सवले कपिलवस्तु जिल्लाका युवाहरुलाई समेत संगठित गर्ने उद्धेश्य राखेको मेला मूल आयोजक समितिका निर्देशक एवम् महोत्सव आयोजक संस्थाका महासचिव दिनेश क्षेत्रीले बताए ।
२ सय ५५ व्यावसायिक स्टल सँगै ५५ बढि प्रर्दँशनी स्टलहरुमा राखिएका विभिन्न प्रर्दशनीका सामाग्रीहरुमा महोत्सवमा पुग्ने हरेक दर्शकको मन तान्ने गरको छ भने आधुनिक कृषिजन्य उपकरणले समेत दर्शकहरुको ध्यान आकृष्ट गरको छ । पशुपतिनाथ मन्दिरको शैलीमा सजाईएको सचिवालय भवनले अधिकाशंको ध्यान तानिरहेको छ भने सचिवालय वरिपरिका विभिन्न आकृतिजन्य हस्तकलाहरुले पनि धेरैलाई मोहित पार्ने गरको छ । त्यसैमा सेल्पि लिनेको लाम लाग्ने गरको छ ।
त्यस्तै सधै जस्तै महोत्सवमा राखिने बाल उद्यान सहितका विभिन्न मनोरञ्जनका साधनहरुले बालबालिका देखि पाका उमेरका मानिसहरुलाई समेत महोत्सवको रौनक बढाउने काम गरिरहेको छ । होटल व्यावसायको प्रवर्दन सँगै विभिन्न व्यावसाकि क्षेत्रको विकासका लागि पनि यस वर्षको महोत्सवले विशेष भुमिका खेल्ने आयोजक समितिको दावी छ ।
यसैबिच ११ औँ कपिलवस्तु महोत्सवमा निशुल्क आखाँ शिविर पनि सञ्चालन भएको छ । लियो क्लव अफ कपिलवस्तु र लायन्स क्लव अफ कपिलवस्तुको आयोजनामा सञ्चालित शिविरमा शनिबार ५० बढिले नि शुल्क आखाँको जाच गराएका छन् । शिविरमा भैरव अप्टिकल आखाँ उपचार केन्द्र ४ नंं जितपुरको प्राविधिक सहयोग रहेको छ । दुई दिन सम्म संचालन हुने शिविरमा आखाँका समस्या भएकाहरुलाई निशुल्क जाँचको व्यवस्था रहेको जनाइएको छ । आज महोत्सवमा १५ हजार दर्शकको उपस्थिति रहेको वाणगंगा वेयलफेयर सोसाईटीले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...