नवौँ कपिलवस्तु डान्स आईडलमा शनिबार २ जना बाहिरिए ।।

राजेन्द्र खनाल जितपुर,मंसिर २१

११ औँ कपिलवस्तु महोत्सव अन्र्तगत सर्वाधिक चासोका साथ हेरिने र दर्शक धेरैले रुचाएको कपिलवस्तु डान्स आईडलको प्रतिश्पर्धा समेत सुरु भएको छ । नवौँ कपिलवस्तु डान्स आईडल अन्र्तगत यस पटक कपिलवस्तु जिल्लाका विभिन्न क्षेत्रबाट १५० जना प्रतियोगिहरु अडिसन राउण्डमा भाग लिन पुगेका थिए । उनीहरुका बिचमा भएको अडिसनबाट १५ जना अहिले नवौँ कपिलवस्तु डान्स आईडलको मञ्चमा स्थान पाएका छन् । फाईनल अडिसनबाट उत्कृष्ट छनौठ भएकी कुसुम दर्लामी भने नवौँ कपिलवस्तु डान्स आईडलको टप टेनमा पर्न सफल भएको डान्स आईडल संयोजक अमृत केसीले जानकारी दिनुभएको छ । उनले सोझै डान्स आईडलको टप टेनमा स्थान बनाउन सफल भएकी हुन ।
यसैबिच नवौँ कपिलवस्तु डान्स आईडलको मंचमा पुगेका १५ जना मध्येबाट आज २ जनाले मञ्च छोडेका छन् । डान्स आईडलको मञ्च पाएका रोहित बिक र आर्जु छेत्री बाहिरिएका हुन । यस्तै भोलीको स्पर्धामा पनि २ जनाले मञ्च छोड्ने संयोजक केसीले जानकरी दिनुभएको छ । गत संस्करणहरुमा जस्तै यस वर्षको डान्स आईडलमा पनि दर्शकहरुले लिने टिकटको मत र जजहरुको मुल्याङ्कनका आधारमा नवौँ कपिलवस्तु डान्स आईडल छनौट हुने आयोजकले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...