मध्यपश्चिममा पेट्रोलियम पदार्थको खपत तीन गुणाले बढ्यो

 असोज २४

पछिल्ला पाँच वर्षमा साविकको मध्यपश्चिम विकास क्षेत्रमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । नेपाल आयल निगम नेपालगञ्ज डिपोका अनुसार पछिल्ला पाँच वर्षको अवधिमा पेट्रोलियम पदार्थको खपत झण्डै तीन गुणाले बढेको छ ।

नेपालगञ्ज डिपोका अनुसार आर्थिक वर्ष २०७१र७२ मा ९७ हजार ३९० किलोलिटर पेट्रोलियम पदार्थ ९पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन० खपत भएकोमा गत आव २०७५र७६ मा पेट्रोलियम पदार्थ खपत दुई लाख ४८ हजार ६०६ किलोलिटर पुगेको छ । जसमा सबैभन्दा धेरै पेट्रोल र डिजलको खपत बढेको देखिन्छ ।

निगमको यो तथ्याङ्कलाई आधार मान्दा पछिल्ला पाँच आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपत ४० प्रतिशतले प्रतिशतले बढेको छ । निगमका अनुसार यस अवधिमा पेट्रोलको खपत सबैभन्दा धेरै भएको देखिन्छ । आव २०७१र७२ मा तीन हजार २३२ किलोलिटर पेट्रोल खपत भएकोमा आव २०७५र७६ मा बढेर ३८ हजार ४१८ किलोलिटर पुगेको छ ।

त्यस्तै आव २०७१र७२ मा ७३ हजार १६५ किलोलिटर खपत भएको डिजल आव २०७५र७६ मा एक लाख ६५ हजार ९४७ किलोलिटर पुगेको छ । त्यस्तै आव २०७१र७२ मा तीन हजार २०० किलोलिटर खपत भएको हवाई इन्धन आव २०७५र७६ मा बढेर सात हजार ८१९ किलोलिटर हवाई इन्धन पुगेको छ ।

आव २०७१र७२ मा १७ हजार ४८४ मेट्रिक टन र आव २०७५र७६ मा ३४ हजार ८४५ मेट्रिक टन खाना पकाउने ग्यास खपत भएको नेपाल आयल निगम नेपालगञ्ज डिपोको तथ्याङ्क छ । यस अवधिमा मट्टितेलको खपत भने सुरुआतमा केही बढेको देखिए पनि पछिल्लो तीन आवमा खपत दर स्थीर रहेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...