नवलपरासीबाट भन्सार छलेर ल्याएको १ करोडको सामान बरामद

मंसिर २२

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले सुनवल नगरपालिका वडा नम्बर १२ भुमहीबाट भन्सार छलेर ल्याउदै गरेको अवस्थामा एक करोड बराबरको अबैध मालसामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार दिल्ली–चितवन चल्ने ना ८ ख १२०३ नम्बरको यात्रुबहाक बसबाट उक्त सामान बरामद गरीएको हो ।

रुपन्देहीको सुनौलीस्थित बेलहिया भन्सार नाकाबाट सहजै भित्रिएको बसलाई सुराकीको आधारमा प्रहरीले भैरहवाबाट पछ्याउँदै आएको र भुमहीमा चेकजाच गर्दा उक्त अबैध मालसमान बरामद भएको प्रहरीले जनाएको छ ।११ जना यात्रु बोकेको उक्त बसको छतमा लामो टिनको फल्ट बटम बनाएर सामान लुकाइएको थियो ।

बरामद भएका सामानमध्ये ८ कार्टुनमा ५० भन्दा बढी मोबाईल रहेका छन जसमा एउटा मोबाईलको मूल्य करिब ३० हजारदेखि १ लाखसम्म पर्ने प्रहरीले जनाएको छ । बसमा १८ बोरा ट्रयासुट र ८ कार्टुन औषधि रहेका छन् । बरामद भएको औषधिमा महंगा आयुर्वेदीक औषधि रहेको प्रहरीले जनाएको छ ।

बरामद भएको सामान र बसलाई चालकसहित आवश्यक अनुसन्धानका लागि बेलहिया भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...