सिद्धबाबा सुरुङमार्गको १ महिनाभित्रै टेण्डरमा जाने मन्त्री नेम्वाङको भनाई

मंसिर २२,

नवनियुक्त संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्बाङले पाल्पाको सिद्धबाबा सडकखण्डमा बन्न लागेको सुरुङमार्ग एक महिनाभित्रै टेण्डर प्रक्रियामा जाने बताएका छन्।

सुरुङमार्गको अर्थ मन्त्रालयले लगानी सुनिश्चितता गरिसकेको जानकारी गराउँदै मन्त्री नेम्बाङले कम्तीमा एक किलोमिटर बन्ने सुरुङमार्गको निर्माणकार्य एक महिनामा टेण्डरको प्रक्रियामा जाने बताएका हुन्।

‘हाम्रै स्रोतसाधन र डिजाइनबाट कम्तीमा एक किलोमिटरको सुरुङमार्ग निर्माण को डिपिआर सम्पन्न भइसकेको छ। हाम्रै स्रोतबाटै १० अर्वको लागतमा बनाइने सुरुङमार्ग यो एक महिनाभित्र टेण्डर प्रक्रियामा लैजाने कुरा बताउन चाहन्छु।’ मन्त्री नेम्बाङले भने। सरकारको प्राथमिकतामा परेको आयोजना भएकाले सुरुङमार्गमा कुनै पनि किसिमको ढिलासुस्ती नहुने उनले दाबी गरे।

प्रदेश ५ का रुपन्देही, नवलपरासी र कपिलवस्तु मन्त्रालय मातहत निर्माण भइरहेका भौतिक पूर्वाधारहरुको अनुगमनपछि आइतबार बुटवलमा प्रेस सङ्गठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री नेम्बाङ्ले रुग्ण अवस्थामा रहेका आयोजनाहरुलाई द्रुत गतिमा अगाडि बढाउन सरकार लागिपरेको बताए। मन्त्री नेम्‍वाङले रुग्ण अवस्थामा रहेका आयोजनाहरुको पहिचान गरिएको बताउँदै त्यस्ता आयोजनालाई गति प्रदान गरिने बताए।

मन्त्री नियुक्तिपछिको पहिलो पत्रकार भेटघाटमार्फत उनले जनताले निर्माणाधीन आयोजनाहरुमा गति चाहिरहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार ठूला भौतिक पुर्वाधर निर्माणको कामलाई गति दिइने दाबी गरे।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...