बालकल्याण आधारभूतमा ३०औं बार्षिक उत्सव सम्पन्न

भलवाड,मंसिर २२

बाणगंगा ९ बर्दहवामा रहेको बाल कल्याण आधारभूत बिधालयको ३०औ वार्षिक उत्सव भव्यताकासाथ सम्पन्न गरेको छ । विधालयका प्रधानध्यापक गोमा गिरीले बिधालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा स्थापना कालदेखि बिधालयको शैक्षिक,भौतिक,आर्थिक रुपमा सहयोग गर्ने सामाजिक व्यक्ति तथा संस्थापक शिक्षक बिष्णु प्रसाद भुसाल,नरेन्द्र बहादुर वेल्वासे र विधालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुलाई बिधालयले सम्मान पनि गरको छ ।

भेलाले आगामी ३ वर्षका लागि बिधालय व्यवस्थापन समितिको चयन पनि गरेको छ । जसमा रेशम बहादुर के.सी,कल्पना अधिकारी,,संगिता भुसाल,सरस्वता वेल्वासे चयन हुनुभयो भने ७ सदस्ययी शिक्षक अभिभावक संघको पनि गठन भएको छ । वार्षिकोत्सव सभामा बाणगंगा शिक्षा शाखा प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी बाबुराम भट्टराईले सामुदायिक बिधालयको शैक्षिक प्रगतीको लागि शिक्षक,अभिभावक,विधार्थी सबैको भूमिका हुनुपर्ने बताउनुभयो ।

त्यस्तै वडाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथी धुर्व वेल्वासेले बिधालयले वडासंग समन्वय सहकार्य गरी अगाडी बढ्न सुझाव दिँदै आफूले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

वाणगंगा शिक्षा शाखाका अधिकृत खिम बहादुर जि.सि., समाजसेवी कुमार मधु वेल्वासे,शिक्षिका मिना खनाल,भर्तापुर आधारभूत विधालयका प्रधान अध्यापक कमल पौडेल,नव निर्वाचित बिधालय व्यवस्थापन समितिका सदस्य रेशम बहादुर के सी लगायतले बिधालयको ३०औ वार्षिक उत्सव तथा अभिभावक भेलामा आ आफ्ना धारणा राख्नुभएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...