दाङमा सर्पले डस्दा एकको मृत्यु, एक गम्भीर

असोज २४

 दाङमा सर्पले डस्दा एक जनाको ज्यान गएको छ । अर्का एक जना गम्भीर बिरामी भएका छन् ।

घोराही उपमहानगरपालिका –१० झारबैराका ३५ वर्षीय बुद्धिराम चौधरीको सर्पले डस्दा ज्यान गएको हो । बिहीबार बेलुकी खेतमा मसुरो छर्ने क्रममा सर्पले डसेको हो । उहाँको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यस्तै, दाङको शान्तिनगर गाउँपालिका वडा न.२ बाघमारेका ६० वर्षीय रामबहादुर रावत सर्पको टोकाइबाट गम्भीर बिरामी हुनु भएको छ । आफ्नै घरको बरान्डामा बसिरहेको अवस्थामा सर्पले बायाँ खुट्टामा सर्पले टोकेको थियो । बिरामी रावतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचार भइरहेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...