कपिलवस्तुको बोडगाउँमा कार दुर्घटना, एकको मृत्यु, ४ जना घाइते

वाणगंगा अनलाईन मंसिर २३ बसन्ता भुसाल

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं ८ बोडगाउँ नजिकै कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् ।
पश्चिमबाट बुटवल तर्फ जादै गरेको बा ८ च ६३९० नं को कार दुर्घटना हुँदा कार चालक कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं ९ हरनामपुरका अन्दाजी २८ वर्षिय सुरेश पाण्डेको मृत्यु भएको ईलाका प्रहरी कार्यलय पिपराले जनाएको छ ।

अन्य घाइतेहरुमा कपिलवस्तुको सामुदायिक अस्पताल ४ नं र दुई जनाको उपचारका लागी बुटवलमा अस्पतालमा लगिएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको हो । घाइते मध्ये एक महिलाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

कार विद्युतको पोलमा ठोक्क्एिर दुर्घटना भएको हो । कार अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुसन्धान रहेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...