मृतक पाण्डेको अन्तिम शर्दान्जली

मंसिर २३,कपिलवस्तु

पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बाणगंगा ८ बोडगाँउ नजिकै कार दुर्घटना हुँदा एक युुवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फतर्फ जाँदै गरेको बा ८ च ६३९० नम्बरको कार सोमबार बिहान दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका ९ हरनामपुरका २८ वर्षीय सुरेश पाण्डेको मुत्यु भएको हो । मृतक पाण्डे ग्लोबल आइएमई बैंक बनगाई शाखा प्रमुखको रुपमा कार्यरत रहेका थिए । तीव्र गतिको कार सडकको छेउमा रहेको विद्युत् पोलमा ठोक्किँदा गम्भीर घाइते भएका पाण्डेको कपिलवस्तु सामुदायिक अस्पताल जितपुरमा उपचारको क्रममा ज्यान गएको भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन्।

घाइतेमध्ये २ जनालाई थप उपचारका लागि बुटवल लगिएको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।

यसैबिच दुर्घटनामा परी ज्यान गुमाएका पाण्डेको सोमबार नै लक्ष्मणघाटमा अन्त्यष्टि गरीएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य एवम् पूर्व मन्त्री चक्रपाणि खनाल (बलदेव)ले पार्टीको झन्डा ओडाई श्रदान्जली प्रकट गरेका थिए । त्यस्तै पाण्डेको अन्तिम शर्दान्जली सभामा (नेकपा) केन्द्रिय सदस्य डोर प्रसाद उपाध्याय, जिल्ला अध्यक्ष झविलाल पोख्रेल, संविधान सभा सदस्य बलाराम अधिकारी लगाएत नेकपा निकटका नेता कार्यकर्ता, स्थानिय, एवम् सुवेच्छुकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...