संघीयता बिरुद्व अखिल छैठौं आन्दोलित

बुटवल, २३ मंसिर ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले संघीयता विरुद्व काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ । काठमाण्डौ केन्द्रित आन्दोलनको तयारीमा अखिल छैठौं जुटेको छ । आन्दोलन तयारीका लागि प्युठान र रोल्पा जिल्लाको संयुक्त भेला प्युठानमा गरिएको छ । त्यस्तै पाल्पा, गुल्मी र रुपन्देहीको पनि तयारीका लागि भेलाहरु भएका छन् । अखिल (छैठौं)का केन्द्रिय अध्यक्ष विमल पोखरेलको अगुवाईमा संघीयता बिरुद्वको काठमाण्डौ केन्द्रित आन्दोलनको भेला प्यूठानमा भएको हो । आन्दोलनमा धेरै विद्यार्थी सहभागिता गराउने गरी तयारी गरिएको अखिल छैठौंका केन्द्रिय महासचिव महेशराज जोशीले जानकारी गराएका छन् । संघीय प्रणालीको विकल्पमा प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमा आधारित एकात्मक शासन प्रणाली नेपालको लागि उपयुक्त अखिल छैठौंले दावी गर्दै आएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...