अर्घाखाँचीका कृषक हाते ट्याक्टरतर्फ आकर्षित

मसिर २३ अर्घाखाँची

अर्घाखाँचीका कृषक हाते ट्याक्टरतर्फ आकर्षित
मसिर २१ अर्घाखाँची
खेत बारी जोत्नको लागि गोरुको प्रयोग गर्दै आएका अर्घाखाँचीका कृषक अहिले हाते ट्याक्टरतर्फ आकर्षित बनेका छन् । काममा छिटो छरितो हुने र गोरु पाल्ने खर्चले ट्याक्टरनै आउने भएपछि उनीहरु हाते ट्याक्टरतर्फ आकर्षित बनेका हुन् । कृषकहरु आजभोलि हाते ट्याक्टरको प्रयोग गरेर खेतबारी खनजोत गरिरहेका छन् ।

जिल्लामा हाते ट्याक्टरको प्रयोग बढेपछि कृषहरुले गोरु पाल्न पनि छोडे । ठूला ट्याक्टर मोटर बाटो भएका खेत बारीमा पुग्ने र सानो हाते ट्याक्टर गुडाएर वा बोकेर जुनसुकै ठाउँमा लैजान सकिने भए पछि उनीहरु अलिे सजिलो माध्यम बनेकाले सुविधातर्फ लागेको मालारानी गाउँपालिका ५ का कृषक नरबहादुर खड्काले बताए । कृषि पेशालाई आधुनिकीकरण र व्यावसायिक बनाउन यो माध्यमको प्रयोगबाट सजिलो बनेको कृषकहरु बताउँछन् ।कम खर्चिलो, समयको व्यवस्थापन, उत्पादनमा वृद्धि हुने भएकाले प्रदेश सरकारले करिव सय वटा हाते ट्याक्टर ८५ प्रतिशत अनुदान र कृषि जोन कार्यालय अर्घाखाँचीले ६८ वटा हाते ट्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरेको कृषि जोन कार्यालय अर्घाखाँचीका प्रमुख बुद्दी भट्टाईको भनाइ छ ।

कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गर्न थालेपछि उनीहरुले हाते ट्याक्टरको प्रयोग बढाएका हुन् ।गएको आर्थिक वर्षमा मालारानी गाउँपालिकाले ८० प्रतिशत अनुदानमा ४३ हाते ट्याक्टर वितरण गरेको थियो ।यस्तै सन्धिखर्क नगरपालिकाले १२, पाणिनी गाँउपालिकाले २५ वटा हाते ट्याक्टर वितरण गरेको छ । जिल्लामा झण्डै खेत जोत्ने ठूला ट्याक्टर १५ तथा हाते ट्याक्टर तीन सयको हाराहारीमा रहेको जिल्ला कृषि विकास ज्ञान केन्द्रले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...