कपिलवस्तु डान्स आईडल रोकच बन्दै ।। अब हेलिकप्टरको सवारी पनि ।।

मंसिर २४ जितपुर

११ औँ कपिलवस्तु महोत्सव अन्र्तगत सर्वाधिक चासोका साथ दर्शकले मन पराएको डान्स आईडलको नवौं संस्करण पछिल्ला दिनमा रोचक बन्दै गएको छ । महोत्सव अन्र्तगतको एक आकर्षणको क्षेत्रको रुपमा हेरिने डान्स आईडलमा यस पटक १५ जना प्रतियोगिले स्टेज पाएका थिए । १५ जनाबाट सुरु भएको आइडलमा अहिले नौँ जना मात्र बाकि रहेका छन् । महोत्सवको छैठौँ तथा डान्स आईडलको पाचौ दिन श्रेया शर्मा बाहिरिए सँगै बुधबारको प्रतिश्पर्धाका लागि अब ९ जना प्रतियोगिहरु बाकि रहेका हुन् । सोमबार १० जना प्रतियोगिहरु नै सुरक्षित रहे भने आज शर्मा बाहिरिएकी हुन । दर्शकले खरिद गर्ने टिकेटबाट दिएको भोट र निर्णायकको मुल्याङ्कनको आधारमा सोमबारको प्रस्तुतिले आज शर्मा बाहिरिएकी हुन । जिल्लाको तौलिहवा निवासी शर्मा बाहिरिएसंगै डान्स आईडलमा अब बुधबार ९ जनाको प्रस्तुती रहने आईडल संयोजक अमृत केसीले जानकारी दिनुभयो । त्यस्तै आजको बेस्ट डान्स आइडलको उपाधि आशिका खड्काले प्राप्त गर्नुभएको छ ।
यसैबिच आज कपिलवस्तु महोत्सवमा हास्यव्यङग्य कालकार मनोज गजुरेल र लोक तथा दोहोरी गायक रामजी खाँडको विशेष प्रस्तुति रहेको थियो । गजुरेलले दर्शकलाई आफ्ना प्रस्तुतिहरुले हसाँए भने खाँडले छमछमि नाचाएका थिए ।

त्यस्तै सय वर्षको महोत्सवमा हेलिकप्टर मार्फत अबलोकन गर्ने व्यवस्था मिलाईएको छ । मंसिर २६ ,२७ र २८ गते वाट ३ दिन महोत्सव स्थलवाट सेवा संचालनको शुरुवात गरिन लागेको हो । नेपाल पर्यटन बिभाग काठमाण्डौ र जिल्ला प्रशासनको अनुमति मिलेसंगै हेलिकप्टर ल्याउन लागिएको हो । नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि जिल्लाका पर्यटकीय स्थलहरुको अबलोकलन हेलिकप्टरको माध्यमबाट गराईने बाणगंगा वेलफेयर सोसाईटीका निर्देशक दिनेश क्षेत्रीले बताउनुभयो । महोत्सवलाई थप आकर्षण गराउनको लागी हेलिकप्टरको व्यावस्था मिलाईएको आयोजकले जनाएको छ । हेलिकप्टरद्धारा जिल्लाका पर्यटकिय स्थल भ्रमण गर्न सकिने बताइएको छ । हेलिकप्टर चढ्न चाहानेका लागि ब्टकट वितरणको काम शुरु भईसेकेको छ । सचिवालयमा टिकट वितरणको काम शुरु भएको छ । हेलिकप्टरमा चढ्न चाहेनेका लागि प्रत्येक ब्यक्ति ५ हजार २ सय रकम रहेको छ । हेलिकप्टरमा चढ्ने चाहान बढ्दै गएको भन्दै टिकट पनि केहीले लिईसक्नुभएको निर्देशक क्षेत्रीले बताउनुभयो । पहिलोपटक जिल्लाका मेला महोत्सवमा हेलिकप्टर ल्याउने कार्य चुनौतीपूर्ण रहेको भन्दै यस कार्यलाई सफल पार्न सबैले साथ दिने अपेक्षा लिएको पनि उहाँको भनाई छ । हेलिकप्टर महोत्सवमा आउनेभएसंगै महोत्सवको माहोल तात्दै गएको छ । युवा क्षमतामा अभिबृद्धि कृषि र पर्यटनमा समृद्धी भन्ने नाराका साथ यहि मंसिर १९ गतेबाट शुरु भईरहेको एघारौं कपिलवस्तु महोत्सवमा हेलिकप्टर आउने भएसंगै जिल्लाबासीहरु पनि खुसी भएका छन । महोत्सवमा रहेका स्टलमा स्थानीय कृषि, घरेलु उत्पादन, स्थानीय परम्परागत सस्कृति झल्कने परम्परागत वस्तुहरु, होटल, राष्ट्रिय स्थानियहरुको उत्पादन प्रर्दशनीमा राखिएका छन् । राष्ट्रिय ख्याती प्राप्त कलकारहरुको प्रस्तुतिले पनि महोत्सवको रौनक वढाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...