पछिल्लो समय जिल्लामा भई रहेको सवारी दुर्घटनालाई न्युनिकरण गर्न जिल्ला ट्राफिक कार्यालय तौलिहवा कपिलबस्तुले विभिन्न किसिमको सचेतना मुलक कार्यक्रम गर्दै आएको छ । जिल्लाको विभिन्न स्थानमा रातको समयमा हुने दुर्घटना न्युनिकरण गर्न चल्ने मोटरसाईकल, टेक्टर, टेम्पो र साइकलमा रेडियम स्टिकर टाँस गरिएको हो ।
सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी तौलिहवाका सहायक प्रहर िनिरिक्षक चुडामणी पोख्रेलले बताए । बिगत देखिनै दुर्घटना न्युनिकरणमा आफुहरुले चाँसो देखाएको बताउदै जिल्ला ट्राफिक प्रहरी तौलिहवाका सहायक प्रहरी निरिक्षक पोख्रेलले देशभरको दुर्घनालाई हेर्दा कपिलबस्तुमा सामान्य जस्तै रहेको बताए ।