Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

संकलित ७३ लाख ६६ हजारबाट युवाहरुकै सक्रियतामा कोतमा मन्दिर निर्माण

अशोज २४, २०७६

पछिल्लो समय बसाइँसराईले गाउँमा मानिसहरुको सङ्ख्या घट्दै गएको छ । गाउँका अधिकाशं युवाहरु रोजगारीको लागि घरबाहिर छन् । तर तिनै युवाहरुको सक्रियतामा गाउँमा झण्डै ७५ लाखको मन्दिर निर्माण गरिएको छ ।

गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्लास्थित अजिमिर कोतको लागि युवाहरुको सक्रियतामा ४८ लाख ६६ हजार रकम संकलन भयो । त्यसमा गाउँपालिकाले २५ लाख रकम विनियोजन ग¥र्यो ।

संकलित ७३ लाख ६६ हजारबाट युवाहरुकै सक्रियतामा कोतमा मन्दिर निर्माण गर्नुका साथै अन्य भौतिक संरचना पनि निर्माण गरिएको मन्दिर निर्माण अभियान्ता राजेन्द्र घिमिरेले बताए ।

युवाहरुले सुरु गरेको उक्त अभियानमा गाउँलेले पनि साथ दिए । जसको फलस्वरुप वाग्ला अजिमिर कोतमा आकर्षक नयाँ मन्दिर निर्माण गरिएको छ । मन्दिरको तलपट्टि सरायँ खेल्ने ठाउँको निर्माण गरिएको छ ।

त्यस्तै मन्दिरमा प्रवेश गर्न तीन ठाउँबाट सिढी निर्माण गरिएको छ । रोजगारीको शिलशिलामा गाउँ वा गाउँभन्दा रहेका युवाहरु, वाग्ला घर भई विभिन्न सरकारी कार्यालयमा काम गर्दै आएका कर्मचारी, स्थानीय लगायतको आर्थिक लगानीमा नयाँ मन्दिर निर्माण गरिएको हो ।

गाउँलेले पनि प्रति घर पाचँ हजारदेखि एक लाख ७२ हजारसम्म आर्थिक सहयोग गरेका छन् । स्थानीय चिरञ्जिवी र कुन्ती घिमिरेले एक लाख ७२ हजार आर्थिक सहयोग गरेको मन्दिर व्यवस्थापन समितिका सचिव तिर्थ घिमिरेले जानकारी दिए ।

त्यस्तै स्थानीय राम बहादुर घर्तीले एक लाख ५१ हजार, हरिप्रसाद खनालले एक लाख ११ हजार, भिमलाल घिमिरेले एक लाख १६ हजार, उमादेवी घिमिरेले एक लाख २१ हजार, नारायण घर्तीले एक लाख पाचँ हजार लगायत सहयोग गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिरमा उक्त बोल रकममध्ये ३६ लाख नगद संकलन भएको छ भने १२ लाख ६६ हजार उठ्न बाँकि छ । मन्दिरमा सहयोग रकम उपलब्ध गराउने व्यक्तिहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको छ । धुर्कोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख एवम् स्थानीय मधुप्रसाद घिमिरेले युवाहरुमा आफ्नो गाउँ र सँस्कृतिप्रति चासो बढ्दै गएको बताए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...