Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

स्थायी डम्पिङ साईट निर्माणका लागि नगरपालिकको सत्रियता

वाणगंगा अनलाइृन मंसिर २४ जितपुर

कपिलवस्तुको वाणगंगा नगरपालिकाभित्रका विभिन्न क्षेत्र र स्थानबाट दैनिक निस्कने फोहोरको उचित व्यवस्थापनका लागि पहल हुन नसकेका समाचार आईरहेका बेला नगरपालिकाले आज डम्पिङ साईट व्यवस्थापनका लागि पहल सुरु भएको छ । नगर भित्रका विभिन्न वडाहरुबाट निस्कने फोहोर व्यवस्थापनका लागि पटकपटक आवाज उठीरहेका बेला आज नगरपालिकाले नगरभित्र रहेका २९ वडा सामुदायिक वनका पदाधिकारीहरुसँग छलफल तथा अन्र्तक्रिया गरको छ । नगरपालिकामै भएको अन्र्तक्रिामा यथासिघ्र सम्बन्धित वन उपभोक्ता समिति र वडा समितिबिच छलफल गरी आफ्नो वडाबाट निस्कने फोहोरका लागि वडा भित्रै स्थायी डम्पिङ साईटको व्यवस्था गर्ने जनाइएको छ । साथै नगरको बसपार्कका लागि स्थान पहिचान गर्ने विषयमा पनि छलफल भएको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । यस अघि नगरपालिकाले डम्पिङ साईट र बसपार्क निर्माणका लागि नगर उप प्रमूखको संयोजकत्वमा समिति समेत गठन गरेको थियो । सोहि समितिका संयोजक चक्रापणी अर्यालको संयोजकत्वमा आयोजना गरिएको छलफल तथा अन्र्तक्रियामा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला अध्यक्ष हुमनाथ भट्टराई, महासंघका प्रदेश सदस्य अमित पौडेल, नगरका ११ वटै वडाका वाडा अध्यक्षहरु, नगरभित्रका २९ वटै सामुदायिक वनका पदाधिकारी लगाएतको सहभागिता रहको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...