विश्व मावअधिकार दिवस कपिलवस्तुमा पनि मनाईयो मंसिर २४ गते, कपिलवस्तु ।

विश्वव्यापी मानव अधिकारको घोषणा भएको संस्मरण गर्दै आज विश्व मावअधिकार दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन सन् १९४८ डिसेम्बर १० लाइ आधार मानेर यो दिवस मनाउने गरिन्छ । त्यस्तै नोभेम्बर २५ देखि सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि आज समापन भएको छ ।

कार्यक्रममा शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले घर परिवार भित्र छोरा छोरी बिच वा महिला पुरुष बिच नै महिला हिंसा हुने गरको बताउनु भयो । उप प्रमुख थारुले समाजमा महिला माथि बिभिन्न हिंसा हुने गरेको बताउंदै त्यस्लाई अन्त्य गर्ने प्रमुख माध्यम शसक्तिकरण रहेकाले नगरपालिकाले हिंसा पिडितहरुका लागि सिप सिक्न आबश्यक ब्यबस्था मिलाउने बताउनु भयो ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख संकर बहादुर बिष्ट,कार्यपालिका सदस्य निर्मला सुनार,शिवराज जेसिजका अध्यक्ष सरोज पौडेल लगायतले धारणा राख्नुभएको थियो । मानब अधिकार प्रतिस्ठान कपिलबस्तुका अध्यक्ष बिष्णु प्रसाद खतिवडाको अध्यक्षता तथा उप प्रमुख थारुको प्रमुख आथित्यता र दलित मानब अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारको संचालनमा सम्पन्न भएको थियो ।

यसैबिच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनका लागि आज जिल्लाभर विविध कार्यक्रम भएका छन् । १६ दिन सम्म विभिन्न किसिमले लैङ्गिक हिंसाविरुद्धका कार्यक्रम सम्पन्न भए अनुसार आज यो अभियानको समापन गरिएको हो । चन्द्रौटा चोकमा दिप प्रज्वलन गरिएको छ । विभिन्न क्रियाशिल संघ संस्था,गैर सरकारी संस्था,राजनैतिक दल लगायतको सहभागितामा दिज प्रज्वलन गरिएको हो ।। संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको छ । यो अभिान हरेक वर्ष १६ दिन सम्म संचालन हुने गरको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...