Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

अर्घाखाँचीमा १० चक्के सवारी संचालन गर्न नपाईने ।। टिप्पर संचालनमा पनि कडाई ।।

अराज बेल्बासे, मंसिर २५, अर्घाखाँची

जिल्ला शासन कार्यालय अर्घाखाँचीले बढ्दो दुर्घटना न्युनिकरण र जोखिम कम गर्न १० चक्क्े सवारी साधनमा रोक लगाउने निर्णय गरेको छ । सडक क्षमता भन्दा बढी भार वहन गरेको भन्दै १० चक्के सवारी सञ्चालनमै रोक लगाएको सहायक प्रमुख जिल्ल अधिकारी बिस्णुराज अधिकारीले जानकारी दिनु भयो । १० टन सडकभार क्षमता भए पनि १० चक्के सवारीले १८ देखि २०÷२२ टन सम्म बोक्ने गरेको भन्दै सञ्चालनमै रोक लगाएको बेल्बासेले बताउनु भयो ।
यस्तै अत्याधिकमात्रमा चल्ने टिप्परहरुको चापले मोटरसाइकल तथा पैदलयात्री समेत त्रसित बनेको भन्दै टिप्पर सडकमा एक बाट अर्कोको दुरी कम्तीमा १० मिनेट फरक हुनु पर्ने निर्णय भएको छ । एउटा टिप्पपर आउने बित्तिकै अर्को टिप्पर आउन अब पाउने छैन कम्तिमा १० मिनेटको दुरीमा टिप्पर सञ्चालन गर्नु पर्ने छ । यस्तै टिप्परहरुले क्षमता भन्दा बढी सामान बोकेमा कारवाही हुने पनि जिल्ला प्रशासन कार्यालय अर्घाखांचीले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...