नवौ कपिलवस्तु डान्स आईडल बिजेतालाई चादीको सुपर क्याप

गणेश पोख्रेल वाणगंगा अनलाईन

युवा क्षमतामा अभिबृद्धि कृषि र पर्यटनमा समृद्धि भन्ने मुल नाराका साथ आयोजित ११ औ कपिलवस्तु महोत्सवले नवौ कपिलवस्तु डान्स आईडल बन्न सफल प्रतिभालाई महोत्सव मुल आयोजक समिति वाणगंगा वेलफेयर सोसाईटी चार नम्वर जितपुर कपिलवस्तुले नवौ कपिलवस्तु डान्स आईडलको प्रथम बिजेतालाई नेपाल मै पहिलो पटक चादीको सुपर क्याप प्रदान गर्ने भएको हो ।
आयोजकले सफल प्रतिभाका लागि स्मरण रहने र सदैव आफनो कलालाई अगाडि बडाउनका लागि थप उत्प्रेरणा प्रदान गर्ने भन्दै आयोजकले सुपर क्याप र नगद १ लाख ११ हजार १ सय ११ रुपैया सहित आर्कषक गिफट ह्यामपरको समेत प्रदान गर्ने भएको छ सो क्याप अहिले महोत्सव स्टेजमा सजावटका रुपमा राखिएको छ ।
नवौ कपिलवस्तु डान्स आईडलमा भाग लिनका लागि बिभिन्न सामुदायिक विद्यालय तथा निजि विद्यालयका विद्यार्थी गरी १५० जनाको अडिसन भाग लिएका थिए भने १३५ जना अडिसनबाटै बाहिरीका थिए भने १५ उत्कृष्ट डान्सरको रुपमा छनोट भैई नवौ डान्स आईडलको स्टेज सम्म पुग्न सफल भएका हुन । साथै उत्कृष्ट डान्सर तथा टप टेनमा पर्न सफल प्रतिभाका लागि पनि आईडलले स्थान दिदै आएको आईडल संयोजक क.ेसीले वताउनु भयो ।
नवौ कपिलस्लवस्तु डान्स आईडलले दर्शकका लागि रोचकता प्रदान गर्दै आएको छ । विगतका बर्षकमा भन्दा यस वर्षको डान्स आईडल रोचक बन्नुका धेरै कारणहरु रहेको डान्स आईडल के.सीले बताउनु भयो । आईडलले बिगतका वर्षमा डान्स आईडल वन्न सफल प्रतिभालाई कोडियो ग्राफर जिम्मेवारी समेत प्रदान गरेको छ यसले गर्दा बिगतका प्रतिभाको समेत संरक्षमा लागेकोले नवौ डान्स आईडल बिगतको भन्दा पृथक र रोचक रहेको संयोजक के.सीले बताउनु भयो ।
मुख्य पुस्कार प्रायोजक प्रिन्समोटर्स प्रा.लि डान्स आईडल प्रथम पुस्कार प्रायोजक श्रीपेच होटल एण्ड रिसोर्ट प्रा.लि सह –प्रायोजक कपिलवस्तु बन पैदावार संघ डान्स आईडल द्धतीय पुस्कार प्रायोजक बृहस्पती एग्रो इन्ड्र«सटिज प्रा.लि डान्स आईडल प्रायोजक वाणगंगा अटो ट्रेर्डस प्रा.लि तृतीय पुस्कार प्रायोजक फेमीली डेन्टल प्रा.लि चौथो पुस्कार प्रायोजक टिआर पाण्डे दामोदर न्यौपाने रहेका छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...