Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

कपिलवस्तु महोत्सवमा भोली हेलिकप्टरबाट पर्यटकीय स्थलको अवलोकन हुने ।।

वाणगंगा अनलाईन

एघारौँ कपिलवस्तु महोत्सवमा विहिबार भोली हेलिकप्टरबाट पर्यटकीय वाणगंगा नगरपालिकाका बिभिन्न स्थलको अवलोकन हुने भएको छ । मुख्य गरी नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जिल्लामा पहिलो पटक हेलिकप्टरबाट नगरका पर्यटकीय स्थलको अवलोकन गर्ने कार्यक्रम आयोजना गरिएको हो ।


महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार खाँणका अनुसार पौष २६, २७, २८ र २९ गते गरी ४ दिनको लागि हेलिकप्टर उडान हुने छ । हेलिकप्टरबाट बाणगंगा नगरपालिका भित्रका मुख्य धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुका साथै सम्भव भएसम्म जिल्लाका तिलौराकोट, जगदिशपुर ताल लगायतलाई पनि आकाशबाट अवलोकन गर्ने गरी तयारी गरिएको खाँणले वाणगंगा अनलाइनलाई जानकारी दिनुभयो । हेलिकप्टर चढ्न चाहानेहरुले अग्रिम टिकट बुकिङ गर्नु पर्ने महोत्सवका निर्देशक दिनेश क्षेत्रीले बताउनु भयो । टिकटको मुल्य ५ हजार २ सय कायम गरिएको छ । हेलिकप्टर चढ्ने धेरैको इच्छा रहेकाले छिटै टिकट बुकिङ गर्न क्षेत्रीले सबैलाई आग्रह गर्नुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...