कपिलवस्तु महोत्सव दिनप्रति दिन रौनक बन्दै ।। आज प्रमोद खरेल लगायत अन्य कलाकारको बेजोड प्रस्तुती रहने ।।

वाणगंगा अनलाईन मंसिर २७ बसन्ता भुसाल

कपिलवस्तु महोत्सव दिनप्रति दिन रौनक बन्दै गएको छ ।

युवा क्षमता अभिबृद्धि कृषि र पर्यटनमा समृद्धि भन्ने मूल नाराका साथ आयोजित कपिलवस्तुको वाणगंगा नगरपालिका ४ जितपुर बुद्धरंङ्गशालामा मंसिर १९ गतेबाट सञ्चालन भएको एघारौँ कपिलवस्तु महोत्सवको नवौँ दिन आज आधुनिक गायक प्रमोद खरेल,लोक तथा दोहारी गायिका सम्झना लामिछाने,दिपु मगर,अर्जुन मिश्रा लगाएतको विशेष प्रस्तुती रहने सांस्कृतिक संयोजक राजन आलेले जानकारी दिनुभएको छ ।

त्यस्तै हिजो महोत्सवको आठौँ दिन विहिवार चर्चित आधुनिक तथा पप गायिका तृष्णा गुरुङ्ग,लोक तथा दोहोरी गायक खुमन अधिकारी,रेनुराना मगर,हास्य व्याङ्गय तर्फ कमला रेग्मीको बेजाड प्रस्तुती रहेको थियो ।

महोत्सवको आठौै दिन अर्थात (विहिवार)का दिन आंशिका खड्का डान्स आईडलबाट बाहिरीएको डान्स आइडल संयोजक अमृत के।सी जानकारी दिनु भयो । साथमा हिजो (विहिवार) बाट नै हेलिकप्टर उहान सुरु भएको मुल आयोजक समितिका संयोजक राजकुमार खाँणले जानकारी दिनुभयो ।नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि जिल्लाका पर्यटकीय स्थलहरुको अबलोकलन हेलिकप्टरको माध्यमबाट गराईने बाणगंगा वेलफेयर सोसाईटीका निर्देशक दिनेश क्षेत्रीले बताउनुभयो ।

हेलिकप्टरबाट बाणगंगा नगरपालिका भित्रका मुख्य धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुका साथै सम्भव भएसम्म जिल्लाका तिलौराकोट, जगदिशपुर ताल लगायतलाई पनि आकाशबाट अवलोकन गर्ने गरी तयारी गरिएको खाँणले वाणगंगा अनलाइनलाई जानकारी दिनुभएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...