देशभर पानी तथा हिमपात पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान

 मंसिर २७

यो बर्षको हिउँदे झरी शुरु भएको छ। शुक्रबार बिहानदेखि काठमाडौं लगायत विभिनन ठाउँमा पानी परिरहेको छ भने देशका उच्चपहाडी भूभागमा हिमपात भएको छ।

नेपालमा पश्चिमी वायुका कारण हिउँदे झरी र हिमपात हुने गर्छ। अफगानिस्तान र इरानमा बन्ने न्यूनचापीय वायु सुदुरपश्चिमबाट प्रवेश गरेपछि नेपालमा हिउँदे झरी र हिमपात पर्ने गर्छ। बर्खेझरी भने बंगालको खाडीमा बन्ने मनसुनी वायु फैलिएपछि पूर्वी क्षेत्रबाट शुरु हुनेगर्छ।

आज शुक्रबार दिनभरजसो नै काठमाडौं उपत्यकालगायत देशभर पानी तथा हिमपात पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ। यतिखेर पहाडी क्षेत्रमा समेत पानी परिरहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ परिरहेको छ।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...