सहकारी हुनु त गंगाजल जस्तै नगर प्रमुख अधिकारी ।।

गणेश पोख्रेल वाणगंगा अनलाईन

गंगाजल कृर्षि तथा पशु विकास सहकारी सितगंगा नगरपालिका १४ को दोस्रो वार्षिक साधारणसभा आज पावरा बिक्रम पावर मा.विको सभाहलमा दोस्रो वार्षिक साभारण सभा सम्पन्न गरेको छ । सितगंगाका नगरपालिका १४ मा रहेको सहकारी सेयर सदस्य संङ्ख्या ५५७ रहेको छ भने सो सहकारीबाट कर्जा लिईे व्यवसायी कुखुरा पालन २ जना बंगुर पालन २ जना व्यवसायीक तरकारी वाख्रा पालन ५ जनाले गरेका छन् ।भने सहकारीले स–साना कृर्षका लागि सहुलियत रुपमा कर्जा प्रदान गर्ने र कृर्षका व्यवसायिकता तर्फ उन्मुख गराउदै आएको छ ।
कार्यक्रममा नगर प्रमुख सुर्य प्रसाद अधिकारी सहकारीले छोटो समयमा उल्लेखनीय प्रगति र स्वरोजगा उत्पादन गरेको देख्दा यस्ता सहकारीको आवश्यकता रहेको बताउदै शहरमा पहुच हुनेले मात्र बैकिङ्ग क्षेत्रलाई मात्र हुनु पर्छ परिभाषलाई सावित गरी सहकारीलाई मर्च गरेर बैक पाटो तिर लानु पर्छ भन्ने परिभाषा गलत रहेकोले र यस गंगाजल सहकारी जस्ता अरु पनि सहकारी ग्रामिण क्षेत्रमा अति आवश्यक रहेको वताउदै सहकारीको योजना गतिबिधीले आफुलाई समेत प्रभाबित पारेकोले सहकारी हुनु त गंगाजल जस्तै हुनु पर्नेमा जोड दिनु भयो ।
वडा अध्यक्ष दामोदर न्यौपानेले सहकारीले वडा वासीलाई व्यवसायीक तरकारी खेती पशुपालन कुखुरा पालनका लागि सहुलियत दरमा कर्जा प्रदान गरि स्वरोजगारको अवस्था सृजना गरेकोमा धन्यवाद दिदै आफनो वडाको विकासमा सहकारीको पनि ठुलो भुमिका रहेकोले आगामी दिनमा वडाबाट सहकारीका लागि आवश्यक सहयो हुने वतानु भयो ।
गंगाजल कृर्षि तथा पशु विकास सहकारीकी अध्यक्ष सिता लामिछानेको अध्यक्षता सितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीको प्रमुख आतिथ्यता वडा नम्बर १४ का वडा अध्यक्ष दामोदर न्यौपानेको बिशिष्ट आतिथ्यता मेष्टो कपिलवस्तुका निर्देशक दिपक खनाल हेफर इन्टरनेश्नलका कार्यक्रम प्रमुख राधा कृष्ण शर्मा नेपालि कांग्रसका प्रतिनिधी तथा समाजवादी पार्टीका प्रतिनीधी उपस्थीत रहेको कार्यक्रको सञ्चालन संस्थाकी व्यवस्थापक कृष्ण रेस्मीले गर्नु भएको भने दोस्रो वार्षिक साधारणसभाको आर्थिक प्रतिबेदन संस्थाकी कोषाध्यक्ष सिता बेल्वासे २३ लाख २ हजार ८ सय ६२ वरावरको आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...