गुल्मीको धुर्कोटमा २२ बर्षिया युवा मृत अवस्थामा फेला 

२८ मंसिर 

गुल्मीको धुर्कोट गाँउपालिका वडा नम्बर ४ जैसिथोक गोपेमा एक युवा मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय २२ बर्षिय कमल खत्री घरनजिकै मृत अवस्थामा फेला परेको छिमेकी रामु खत्रीले जानकारी दिए । उनी शुक्रबार साँझ कुलपुजाका पाहुनालाई खाना खुवाएर घरबाहिर निस्केका थिए ।

शनिबार बिहान ६ बजेतिर स्थानीयहरू बाटो हिड्दा कमलको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले वस्तु प्रहरी चौकी घटनास्थलमा गइसकेको छ भने पुर्कोटस्थित इलाका प्रहरी चौकि घटनास्थलमा जाँदैछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...