Archives


धनुषामा बम विस्फोटमा परी घाइते प्रहरी इन्स्पेक्टर दाहालको  मृत्यु

मंसिर २८

धनुषामा भएको विस्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय ९सखुवा, महेन्द्रनगर०का प्रहरी निरीक्षक ९इन्स्पेक्टर० अमिर दाहालको पनि मृत्यु भएको छ।

शुक्रबार मध्यराति भएको बम विस्फोटमा परी गम्भीर घाइते भएका इन्स्पेक्टर दाहालको उपचारका क्रममा बीपी कोइराला विज्ञान प्रतिष्ठान ९धरान०मा आज ९शनिबार० बिहान ७ बजे मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ।

योसँगै बम विस्फोटमा मृत्यु भएकाको संख्या ३ पुगेको छ।

शुक्रबार राति इलाका प्रहरी कार्यालयभन्दा केही पर क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका राजेश्वर साहको घरमा शौचालयअगाडि राखिएको बम प्रहरी निरीक्षक दाहालसहितको टोली निरीक्षण गर्न पुगेका बेला विस्फोट भएको थियो।

त्यही बेला बम विस्फोट हुँदा घरमुली राजेश्वर साह, उहाँका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भइसकेको छ।

घटनामा प्रहरी जवान रिजन महतो, मृतक साहका अर्का छोरा प्रकाश र छोरी अञ्जलीसहित भएको हो भने इन्स्पेक्टर दाहाल गम्भीर घाइते हुनुभएको थियो

सबै घाइतेलाई बीपी प्रतिष्ठान ९धरान० लगिएकामा इन्स्पेक्टर दाहालको उपचारकै क्रममा मृत्यु भएको हो।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...