Archives


जनसेवा आधारभूत विद्यालयमा शैक्षिक प्रर्दशनी सम्पन्न

वाणगंगा अनलाईन मंसिर २८ कपिलवस्तु

कपिलवस्तुको जनसेवा आधारभूत विद्यालय वाणग्ांगा नगरपालिका वडा नम्बर ८ उदयपुर मोर्मीले एक भव्य कार्यक्रमका बिच शुक्रबार विद्यलयमा शैक्षिक प्रर्दशनी कार्र्यक्रम सम्पन्न गरको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम थारूको अध्यक्षतामा आयोजना गरिएको प्रर्दशनी कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षक शिक्षिका तथा विद्यार्थी एवम् बालक्लबका पादाधिकारीहरुले निर्माण गरेका विभिन्न विषयगत शैक्षिक सामग्रीहरुको प्रर्दशनी गरीएको विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

शैक्षिक प्रर्दशनी कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य शिव पाण्डेको प्रमूख आतिथ्यता रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका सल्लाहकार सदस्यहरु, स्थानिय बुद्धिजीवी रविराज आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा बिद्यालयका पूर्व प्र.अ.तथा बर्तमान सहायक प्र.अ थानेश्वर कंडेल सहित स्थानिय शैक्षिक व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।

त्यस्तै प्रअ ज्ञान प्रसाद पाण्डेको स्वागत मन्तव्य र शिक्षक भोजराज थारूको सञ्चालनमा कार्यक्रम सम्पन्न गरिएको विद्यालयका शिक्षक विनोद पुनले जानकारी दिनुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थी छात्र छात्रा ,अध्यापनरत शिक्षक शिक्षिका र बाल विकास शिक्षिका साथै विद्यालयमा रहेको बाल क्लबले अत्यन्तै कडा मेहनतका साथ शैक्षिक सामग्री निर्माण गरि शैक्षिक प्रदर्शनी सम्पन्न गरेको प्रअ पाण्डेले बताउनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...