महोत्सवमा हेलिकप्टरमा सवारी आईतबार पनि

वाणगंगा अनलाईन , मंसिर २८ शनिबार कपिलवस्तु

मंसिर १९ बाट सुरु भएको ११ औँ कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औधोगिक प्रर्दशनीमा दिन प्रतिदिन दर्शकको उपस्थितिमा रौनकता थपिदै गएको छ । त्यस्तै कपिलवस्तु महोत्सवमा पहिलो पटक राखिएको हेलिकप्टर सवारीपत्रि दर्शकको आकार्षण बढेको छ । महोत्सव स्थलबाट हेलिकप्टर सवारी गराई वाणगंगा नगरपालिका भित्रका मुख्य पर्यटकीय तथा धार्मिक स्थलहरुको भ्रमण तथा अवलोकन गराउने उद्धेश्यका साथ यस वर्षको महोत्सवमा होलिप्टरको प्रर्दशनी परि गरएको मेला मूल आयोजक समितिका निर्देशक दिनेश क्षेत्रीले बताउनुभयो । वाणगंगा नगरपालिका भित्रका मुख्य स्थलहरुको प्रचार प्रसार तथा प्रवर्दनमा पनि हेलिकप्टर सवारीले विशेष टेवा पुग्ने क्षेत्रीको भनाई छ ।महोत्सवमा हेलिकप्टरमा सवारी आईतबार पनि गर्न सकिने मेला मूल आयोजक समितिले जनाएको छ ।

यसैबिच मौसममा आएको परिवर्तन सँगै महोत्सव स्थलमा राखिएका व्यावसायिक न्यानो कपडाका स्टलमा समेत दर्शकको भिड बढेको छ । जाडो सुरु भए सँगै न्याना कपडा खरिद विक्रिको कारोवार पनि बढेको मेला मूल आयोजक समितिका संयोजक राजकुमार खाँणले जानकारी दिनुभयो ।

त्यस्तै मंसिर २९ गते आईतबार भोली विभिन्न विधाका राष्टिय कालाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । लोक तथा दोहोरी गायिका सम्झना भण्डारी सहित आधुनिक गायक प्रमोद खरेल , गायक दिपक गरौजा लगाएतका कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...